स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

दार्चुलामा झडपमा परी १५ घाइते
SHARES

दिलेन्द्रप्रसाद बडूमाथि हातपातको प्रयास

असार ४, २०७४

    दार्चुलाः उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दार्चुलाका विभिन्न स्थानमा १५ जना घाइते भएका छन्।

    सदरमुकामबाट झण्डै १९ कोश उत्तरपूर्वमा पर्ने मार्मा गाउँपालिकाको सदरमुकाम लटिनाथमा भएको झडपमा परी राजमती जोशी, कृतिनिधि जोशी, अमर बोहरा, कृपा महता, राम विष्ट, चन्द्र ठगुन्ना, सुरेन्द्र ओड, केशव महता, गोमती बोहरा, केशव विष्ट, मदन विष्ट, वसन्ती नेपाली, गोमती ठगुन्ना र कमल बोहरा घाइते भएका छन्।

    नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा झडप हुँदा एक जना माओवादी कार्यकर्ता घाइते भएको प्रहरीले जानकारी दिएको छ।

    आफूहरू उम्मेदवारी दर्ता गराउन जाँदै गर्दा उम्मेदवारी दर्ता गराएर फर्केर आउँदै गरेका माओवादी केन्द्रका कार्यकर्ताले ढुंगामुडा गरेकाले आफ्ना धेरै कार्यकर्ता घाइते भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य इन्द्रसिंह विष्टले जानकारी दिएका छन्।

    कार्यकर्ताहरू ओहोरदोहोर हुँदा समान्य झडप मात्रै भएको नेकपा माओवादी केन्द्रका नेता नरबहादुर विष्टले बताए।

    जिल्ला प्रहरी कार्यालयले भने झडप भएको सुनिएको भए पनि कति घाइते भएको भन्नेबारे जानकारी नआएको जनाएको छ। ‘झडप भएको छ, कति जना घाइते भन्नेबारेमा यकिन विवरण आएको छैन’, प्रहरी नायव उपरीक्षक केदार खनालले भने।

    यता, सदरमुकाम रहेको महाकाली नगरपालिकाको उम्मेदवारी दर्तापछि आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेपछि पार्टी कार्यालय पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई कांग्रेसकै कार्यकर्ताले हातपात गर्ने प्रयास गरेका छन्।

    स्थानीय पदम ठगुन्नाले आफ्ना बुबालाई टिकट नदिएको भन्दै गालीगलौज गरी हातपात गर्न खोजेका हुन्। ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख खनालले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]