|

दमक: स्थानीय तहको निर्वाचनन बिथोल्ने गतिविधि गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ जना कार्यकतालाई झापाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा जिल्ला अध्यक्षसहित छ जना रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले झापाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पार्टीका झापा जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार विभाग प्रमुख पारश तिम्सिनालाई आज दिउँसो पक्राउ गरेको हो। अध्यक्ष अधिकारीलाई शिवसताक्षी नगरपालिकाबाट र तिम्सिनालाई बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले तीन दिनयता उक्त पार्टीका अन्य चार जनालाई पनि पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो प्रमुख सुमन लिम्बू, जिल्ला सेक्रेटरी तारा थापा, कार्यकर्ताहरू डिल्ली मैनाली र कमल पराजुली रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.