प्रमुख पदमा ४ महिलाको उम्मेदवारी

|

  • प्रकाश पार्की-

डडेल्धुराः प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ।

जिल्लामा रहेका सातवटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आइतबार बिहानदेखि राजनीतिक दलहरूले उत्साहका साथ उम्मेदवारी दर्ता गरेका हुन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा प्रमुख पदमा चार जना महिलाको उम्मेदवारी दर्ता भएको छ।

२ नगरपालिका र ५ गाउँपालिकामा कुन पार्टीबाट को बने उम्मेदवार?
अमरगढी नगरपालिका

राजनीतिक दलहरूका तर्फबाट अमरगढीमा पहिलो नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ। एमालेबाट नगर प्रमुखमा विपीन ओझाले उम्मेदवारी दर्ता गरेका छन्। उपप्रमुखमा एमालेबाट संगीता भण्डारीले उम्मेदवारी दर्ता गरिन्।

यस्तै, नेपाली कांग्रेसबाट नगर प्रमुखमा डिल्लीराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् भने उपप्रमुखमा पार्वतीदेवी झुकालले उम्मेदवारी दर्ता गरिन्।

माओवादी केन्द्रले अमरगढी नगरपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ। माओवादी केन्द्रका तर्फबाट शोभा भट्टले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेकी छन् भने उपप्रमुखमा करुणाकर ओझाको उम्मेदवारी परेको छ।

यसैगरी अमरगढी नगर प्रमुखमा राप्रपाले पनि महिला अमिता थापालाई प्रमुखमा उम्मेदवार बनाएको छ। सो नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगर प्रमुखमा अस्मी सिनालको उम्मेदवारी परेको छ भने उपप्रमुखमा टेकराज भट्टको उम्मेदवारी परेको छ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुखमा नरेश झुकालको उम्मेदवारी परेको छ। स्वतन्त्रबाट नगर प्रमुखमा नरभान पार्कीको उम्मेदवारी परेको छ।

परशुराम नगरपालिका

जिल्लाको जनसंख्या तथा भौगोलिक रूपमा समेत ठूलो परशुराम नगरपालिकामा समेत मुख्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्।

परशुराम नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा भीमबहादुर साउँदले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा कलावतीदेवी बोहराको उम्मेदवारी परेको छ।

यस्तै, नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा तारीसिंह बोहरा र उपप्रमुखमा दमयन्ती धामीले उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख पदमा शेरसिंह मालले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा बिमला महताले उम्मेदवारी दिएकी छन्।

राप्रपाका तर्फबाट नगर प्रमुखमा महिला चन्द्रा भट्टको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ओम जोशीले उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुखमा फागुसिंह महताको उम्मेदवारी रहेको छ भने उपप्रमुखमा बाटुली बोहराको उम्मेदवारी परेको छ।

यसैगरी स्वतन्त्रबाट नगर प्रमुखमा विजयकुमार बोहरा र उपप्रमुखमा लालबहादुर दमाईको उम्मेदवारी परेकोे छ।

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका लागि धनबहादुर साउँदले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सुस्मिता पन्तको उम्मेदवारी परेको छ।

नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदमा उमेश भट्टको उम्मेदवारी रहेको छ भने उपाध्यक्षमा कलावती भाँणको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका लागि कमलसिंह भाटको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा कमला विष्टले उम्मेदवारी दर्ता गरेकी छन्। राप्रपाबाट अध्यक्ष पदका लागि हरिसिंह साउँदको उम्मेदवारी परेको छ।

यसैगरी राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्षमा प्रकाशबहादुर ऐर र उपाध्यक्षमा कलावती भण्डारीको उमेदवारी दर्ता भएको जनाइएको छ।

स्वतन्त्रतर्फबाट अध्यक्षमा लोकराज भट्ट र उपाध्यक्ष किशोर विष्टले उमेदवारी दर्ता गराएका छन्।

आलिताल गाउँपालिका

आलिताल गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदमा जगतबहादुर पार्कीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा सुशीला खत्रीको उम्मेदवारी दर्ता भएको छ।

एमालेबाट अध्यक्ष पदका लागि तुलाराम बोहरा र उपाध्यक्षमा हरिनादेवी बोगटीले उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, नेपाली कांगे्रसबाट अध्यक्ष पदमा बलबहादुर गुरुङ र उपाध्यक्षमा जलादेवी बोगटीले मनोनयन दर्ता गराएका छन्। राप्रपाका तर्फबाट अध्यक्ष पदमा प्रेम मडैले उम्मेदवारी दर्ता गराएका छन्।

नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा लक्ष्मीप्रसाद अवस्थीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा डम्बरी ओलीको उम्मेदवारी परेको छ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदमा धरम विकको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा हंसादेवी कैनीको उम्मेदवारी परेको छ।

नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा कवीन्द्र विष्टको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदका लागि जयन्ती बुढाऐरले उम्मेदवारी दर्ता गरेकी छन्।

यसैगरी राप्रपाबाट अध्यक्ष पदमा नरबहादुर साउँद र उपाध्यक्षमा लक्ष्मी भट्टको उम्मेदवारी परेको छ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा पदम ओलीको उम्मेदवारी रहेको छ भने उपाध्यक्षमा मन्दोदरी ओलीको उम्मेदवारी परेको छ।

गन्यापधुरा गाउँपालिका

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा नवलसिंह मल्लको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा कलावती ठगुन्नाको उम्मेदवारी परेको छ।

नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा वीरेन्द्र मल्लको उम्मेदवारी रहेको छ भने उपाध्यक्षमा कृष्णा ओझा पनेरुको उम्मेदवारी दर्ता भएको छ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदमा ईश्वरदत्त भण्डारीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा नारुदेवी भट्टको उमेदवारी परेको छ।

राप्रपाबाट अध्यक्ष पदमा कामदेव भण्डारी र उपाध्यक्षमा पार्वतीदेवी मालीको उम्मेदवारी दर्ता भएको छ।

भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा कौशिला भट्टको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा पदम बोहराको उम्मेदवारी परेको छ।

नेकपा एमालेबाट अध्यक्ष पदमा विष्णु ठकुराठीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा कमला मालीको उम्मेदवारी दर्ता भएको छ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा ओमप्रकाश साउँदको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा बागमती टमटाको उम्मेदवारी परेको छ।

राप्रपाबाट अध्यक्ष पदमा रामसिंह मडै र उपाध्यक्षमा बिमला साउँदको उम्मेदवारी परेको छ। राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा जयबहादुर ऐरको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • dadeldhura ma ab congress ko khel khatam huni bila aayo