|

काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनल खेलमा भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो। पाकिस्तानले ४ विकेट गुमाउँदै निर्धारित ५० ओभरमा ३ सय ३८ रन बनाएपछि ३ सय ३९ रनको लक्ष्य पछ्याएको भारत ३०.३ ओभरमा १ सय ५८ रनमा अल आउट भयो।

लण्डनको केनिङ्टन ओभल मैदानमा पाकिस्तानलाई उच्च स्कोर बनाउन फकहर जामनले १ ससय १४ रन बनाए। १ सय ६ बल खेलेका उनले १२ छक्का र ३ चौकाको मद्दतले १ सय १४ रन बनाएका थिए। पाकिस्तानका अजहर अलीले ५९, महम्मद हाफिजले नटआउट ५७, बबर अजमले ४६ रन जोडे। त्यस्तै इमाज वासिमले नटआउट २५ र सोयब मल्लिकले १२ रन जोडे। बलिङतर्फ भारतका भुवनेश्वर कुमार,  हार्दिक पाण्डेय र केदार जादवले १/१ विकेट लिए।

३ सय १४ रनको लक्ष्य पछ्याएको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउनुबाहेक अरु कुनै ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। ४३ बल खेलेका हार्दिकले चार चौका र ६ छक्काको मद्दतले ७६ रन बनाएका थिए। भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भए भने रवीचन्द्रन आश्विन, भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले जम्मा १/१ रन जोडे भने कप्तान विराट कोहली ५, महेन्द्र सिंह धोनी ४, केदार जादव ९ रनमा आउट भए। अन्य व्याट्सम्यानहरुमा युवराज सिंहले २२,  शिखर धवनले २१, रवीन्द्र जडेजाले १५ रन जोडे।

वलिङतर्फ पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले ३/३ विकेट लिए भने सदाव खानले २ तथा जुनैद खानले १ विकेट लिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.