प्रकाश पार्की-
डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार नेपाली कांग्रेसका तर्फबाट २० जनाले बागी उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस निकटका व्यक्तिहरुले पार्टीबाट टिकट प्राप्त नभएपछि बागी उम्मेदवारी दिएका हुन्। स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षसहित सदस्य पदमासमेत बागी उम्मेदवारी परेको जनाइएको छ।
कुन स्थानीय तहमा कसले दिए बागी उम्मेदवारी?
अमरगढी नगरपालिका
अमरगढी नगरपालिकामा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार नरभान पार्कीको उम्मेदवारी दर्ता भएको छ। उनी नेपाली कांग्रेस डडेल्धुराका क्रियाशील सदस्य हुन्। वडा अध्यक्ष पदमा बागी उम्मेदवारी दिनेहरुमा वडा नं. १ बाट पुष्पराज जोशी, वडा नं. ३ बाट वीर बहादुर ऐर, वडा नं. ४ बाट तेजबहादुर बोहरा र गगन सिंह बिष्ट, वडा नं. ६ बाट बलराम भट्ट र वडा नं. ९ बाट नर बहादुर पाल रहेका छन्।यसैगरी वडा नं. ७ बाट खुला सदस्यमा गणेश सिंह साँकीले समेत उम्मेदवारी दिएका छन्।
परशुराम नगरपालिका
परशुराम नगरपालिकामा त्रिभुवन विश्वविद्यालयका नेविसंघ पूर्व-सदस्य विजय कुमार बोहराले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। यस्तै उपप्रमुखमा लाल बहादुर दमाईंको उम्मेदवारी रहेको छ भने वडा नं. १० को अध्यक्षमा नेपाली कांग्रेसका मीनबहादुर बोहराले स्वतन्त्र उमेदवारी दिएका छन्।
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका बाट ७ जनाले बागी उम्मेदवारी दिएका छन्। गाउँपालिका अध्यक्षका लागि त्रिभुवन विश्व विद्यालयका पूर्व-स्ववियु सभापति लोकराज भट्ट र नेपाली कांग्रेस जिल्ला समिति सदस्य लोकराज भट्टले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै, गाउँपालिका उपाध्यक्षमा कृष्णबहादुर बिष्ट र शिवराज शाहले उम्मेदवारी दर्ता गराएको जनाइएको छ। यस्तै वडा नं. १ बाट अध्यक्ष पदमा भुवन सिंह ताम्राकार र वडा नं. ५ बाट देवराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्।
भागेश्वर गाँउपालिका
भागेश्वर गाँउपालिका ५ मा नेपाली कांग्रेसका क्रियाशील सदस्य गोपाल नाथले वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नवदुर्गा गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका क्रियाशील सदस्य टेक बहादुर साउँदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।