|

उदयपुर : आइतबार भएको उम्मेदवार मनोनय पत्र दर्ता गराउने संख्यामा दुई नगरपालिका र एक गाँउपालिकामा  ६ सय ६७ जना रहेका छन्। जिल्लाको चौदण्डीगढी, कटारी नगरपालिका र उदयपुरगढी गाँउपालिमामा जम्मा ६ सय ६७ जना उम्मेदवार रहेका छन्।

कटारी नगरपालिका निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेका अनुसार २ सय २०, चौदण्डीगढीनगका निर्वाचन अधिकृत पुन्यप्रसाद लुइँटेलका अनुसार २ सय ६० उदयपुरगढी गाँउपालिका निर्वाचन अधिकृत रुद्रबहादुर कार्कीका अनुसार १ सय ३७ जनाले उम्मेदवारी दिएका छन्।

प्रमुख तीन पार्टीबाट क-कसको उम्मेदवारी

कटारी नगरपालिका

जम्मा २ सय ६० जना उम्मेदवारमा वडाहरुमा पनि स्वतन्त्र उम्मेदवार दर्ता भएको छ।

कांग्रेसबाट प्रमुख ज्ञानेन्द्रमासिंह राउत, उपप्रमुख गीता कार्की

एमालेबाट प्रमुख ज्ञानेन्द्र श्रेष्ठ,  उपप्रमुख भीमकुमारी राउत

माओवादी केन्द्रबाट प्रमुख केपी बराल,  उपप्रमुख मीना पराजुली कोईराला राप्रपाबाट प्रमुख माला तामाङ, उपप्रमुख नरेन्द्र कार्की

संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट प्रमुख सुनिता सुनुवार, उपप्रमुख नारायणकुमार राई

स्वतन्त्रबाट प्रमुख बुद्धिमान तामाङ, उपप्रमुख काजीबहादुर राउत

चौदण्डी नगरपालिका

 जम्मा दुई सय ६० जनाको उम्मेदवारी परेको छ। जसमा ८ राजनीतिक दलबाट १६ जना प्रमुख/उपप्रमुख छन भने ३ जनाले स्वतन्त्र रुपमा प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिएको जनाएको छ।

माओवादी केन्द्रबाट प्रमुखमा कुमार सिंह कार्की, उपमा मायादेवी राई

कांग्रेसका तर्फबाट प्रमुखमा खगेन्द्र राई , उपप्रमुखमा रीता चौधरी

एमालेको तर्फबाट प्रमुखमा नेरेन्द्र राउत  र उपप्रमुखमा कान्ता राई

ससफोबाट प्रमुखमा कुमारचन्द्र राई, उपप्रमुखमा अंजना राई

राप्रपाबाट प्रमुखमा रामभक्त पोखरेल, उपप्रमुखमा रेखाकुमारी थापा

खम्बुवा राष्ट्रिय मोर्चाबाट प्रमुख भुपेन्द्र राई, उपप्रमुख सुकमाया तामाङ

मधेसी जनअधिका फोरम नेपालबाट श्यामसुन्दर चौधरी प्रमुख उपमा आरती मगर

नेकपा मालेबाट प्रमुखमा हेमप्रसाद खतिवडा प्रमुखमा

स्वतन्त्रबाट प्रमुखमा हिरामाया तामाङ र ललित प्रसाद प्रजियार रहेका छन भने उपप्रमुखमा चन्द्रबहादुर पुलामी छन।

उदयपुरगढी गाँउपालिकामाः जम्मा १ सय ३७ जनाको उम्मेदवार परेको छ।

माओवादी केन्द्रबाट अध्यक्ष देव गिरी, उपाध्यक्ष निर्मला मगर

एमालेबाट अध्यक्ष मानबहादुर मगर, उपाअध्यक्ष सानु राउत

काङग्रेसबाट अध्यक्षमा जितवहादुर खड्का र उपाध्यक्षमा विमाकुमारी राई,

राप्रपाबाट तुलसी प्रसाद तामाङ अध्यक्ष उपाध्यक्षमा संगिता तामाङ छन।

ससफोबाट उपाअध्यक्षमा मसबहादुर राई

पहाडी क्षेत्रमा सम्पर्कविहीन

उदयपुरको पहाडी क्षेत्रमा पर्ने ताप्ली, सुनकोसी, रौतामाईं गाउँपालिकाको जानकारी आएको छैन। मुख्य निर्वाचन कार्यालयका अनुसार पहाडी क्षेत्रमा निर्वाचन आयोगाले सप्टवयरले काम नगरेकाले समस्या भएको छ। जिल्लामा रहेका राजनीतिक दलका अनुसार निम्न तहमा निम्न उम्मेदवार परेका छन्।

त्रियुगा नगरपालिका

कांग्रेसबाट प्रमुख वसन्त बस्नेत, उपप्रमुख देवी चौधरी

एमालेबाट प्रमुख बलदेव चौधरी, उपप्रमुख गीता रेग्मी

माओवादी केन्द्रबाट प्रमुख किरण राई, उपप्रमुख गीता खड्का कार्की

संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट प्रमुख भैरव श्रेष्ठ र उपप्रमुख

वेलका नगरपालिका

काग्रेसका तर्फबाट प्रमुखमा अशोक कार्की  र उपप्रमुखमा दीपा राई,

एमालेको तर्फबाट प्रमुखमा दुर्गाकुमार थापा, उपप्रमुखमा राजकुमारी चौधरी

माओवादी केन्द्रको तर्फबाट प्रमुखमा रमणकुमार भटराई र उपप्रमुखमा गंगासरी राई

नयाँ शक्ति र संघीय समाजवादी फोरमले टिकारामा थामी,

रौतामाई गाँउपालिका

काङग्रेसबाट अध्यक्षमा भुपेन्द्र थापा र उपाध्यक्षमा धनकुमारी थापामगर

एमालेका तर्फबाट अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारी ज्युठकुरी

माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा वीरेन्द्रकुमार मगर र उपाध्यक्षमा हस्तशोभा राई रौतामाईमा संघीय समाजवादी फोरम र माओवादी केन्द्रले तालमेल गरेका हुन।

सुनकोसी गाँउपालिका

कांग्रेसबाट अध्यक्ष्य पुप्पलाल राई, उपाअध्यक्षमा रमिला राई माओवादी केन्द्रबाट मेजरकुमार राई अध्यक्ष, उपाअध्यक्ष सानु राई

एमालेबाट भलराज राई र लक्ष्मीदेवी कार्की

ताप्ली गाउँपालिका

माओवादी केन्द्रबाट ढुंगराज विक अध्यक्ष, उपाध्यक्ष किर्तिमाया राई

कांग्रेसबाट अध्यक्षमा डिकवहादुर ठकुरी र उपाध्यक्षमा घना मगर

एमालेका तर्फबाट अध्यक्षमा उद्ववसिह थापा  र उपाध्यक्षमा कमलामाया राई स्वतन्त्रबाट पदमबहादुर तामाङ अध्यक्ष उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.