|

काठमाडौं : विश्व योग दिवसको दुई दिनअघि सोमबार काठमाडौंमा सामुहिक योग अभ्यास गरिएको छ। नेपाल-भारत मैत्रीसंघको आयोजनामा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको प्रमुख आतिथ्यतामा सामूहिक योग अभ्यास गरिएको हो।

बानेश्वरस्थित अल इन वान मार्टमा गरिएको योग अभ्यास कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीलाई सम्मान गरिएको थियो। संघले पुरीलाई सम्मान गरेको हो। त्यस्तै कार्यक्रममा उद्योगी अजेयराज सुमार्गी र समाजसेवी अस्मिता सुमार्गी लगायत मैत्री संघमा आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने गर्दछ। भारत नेपाल लगायत सयौं देशको पहलमा राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवस दिन घोषणा गरेको भन्दै राजदूत पुरीले नेपाल भारतमा योग साझा भइसकेको बताए। उनले भने, 'योग हाम्रो सोझा सभ्यता बनेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.