पूर्वाधार अभावमै अभ्यास गरेर पनि, पदक भित्र्याउँदै सुर्खेतका खेलाडी

|

  • सविता जिसी-

सुर्खेत : मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा रहेको सुर्खेत खेल क्षेत्रका गतिविधिमा अन्य क्षेत्रको तुलनामा पछाडि छ।प्रदेश नम्बर ६ को राजधानी बन्नका लागि लगभग निर्विकल्प रुपमा रहेको सुर्खेत जिल्लामा खेलकुदका गतिविधि तुलनात्मक रुपमा कम मात्रामा मात्रै देखिन्छन्।

खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधारहरु नभए पनि समय-समयमा हुने विभिन्न स्तरका प्रतियोगितामा सहभागी भएर सुर्खेतमा खेलाडीहरुले विभिन्न पदकहरु भित्र्याउन थालेका छन्। पूर्वाधारको अभावबीच अभ्यास गरेर पनि समय-समयमा सुर्खेतका खेलडीहरुले पदक भित्र्याउन थालेका छन्।

न्डो-नेपाल गोजुरियो कराते प्रतियोगितामा निरुतालाई स्वर्णपदक

पछिल्लो पटक सुर्खेत वीरेन्द्रनगरकी एक खेलाडीले स्वर्णपदक भित्र्याएकी छन्। वीरेन्द्रनगरकी १३ वर्षीय निरुता कोइरालाले काठमाडौंमा भएको इन्डो-नेपाल गोजुरियो कराते प्रतियोगितामा स्वर्णपदक हासिल गरेकी हुन्।

खेलकुदका गतिविधिका पछाडि रहेको सुर्खेतमा खेलाडीहरु भएर पनि पूर्वाधारको अभावमा खुलेर आउन नसकिरहेको अवस्थामा वीरेन्द्रनगरको एड्भान्स बेटर इग्लिस मेडियम सेकेण्डरी स्कुलको कक्षा ७ मा अध्ययनरत कोइरालाले काठमाडौंमा भएको इन्डो-नेपाल गोजुरियो कराते प्रतियोगतामा स्वर्णपदक हासिल गरेकी हुन्।

निरुता कोइरालाले गत जेठ २७ र २८ गते काठमाडौंमा सम्पन्न भारत र नेपालका खेलाडीहरुबीच भएको प्रतियोगितामा कातातर्फ स्वर्णपदक हासिल गरेकी हुन्।त्यस्तै, ३० केजी समूहको फाइटमा कोइरालाले कांस्यपदक हासिल गरेकी छन्। सानैदेखि करातेमा रुचि भएकी निरुताले करातेको ह्वाइट बेल्ट हुँदै ब्यालेक बेल्ट गरिसकेकी छन्।

उनले हालसम्म ३ वटा राष्ट्रियस्तरका खेल खेलिसकेकी छन्। जेठ २७ गते काठमाडौंमा भएको कराते काता तर्फको खेलमा स्वर्ण पदक जितेकी कोइरालाले उनले नेपाल र भारतका गरी जम्मा ७० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उक्त पदक हात पारेकी हुन्।

यस्तै, कोइरालाले सोही अवसरमा भएको ३० केजी तौलमुनिका खेलाडीहरुका बीचमा भएको प्रतिस्पर्धामा नेपाल र भारतका २७ जना खेलाडीलाई पछाडि पार्दै तेस्रो स्थान प्राप्त गरेकी छन्। विद्यालयले कोइरालाको सम्मानमा उनलार्ई विद्यालयमा अध्ययन गर्ने बेलासम्म पूर्ण छात्रवृतिमा अध्ययन गराउने घोषणा समेत यसअघि गरिसकेको छ।

अन्तर्राष्ट्रिय खेल खेल्न मन छ

कोइरालाले हालसम्म ३ वटा राष्ट्रियस्तरका खेल खेलिसकेकी छन्। उनले भनिन्, मैले यति खेल खेलेर र पदकहरु पाएँ, अब अन्तर्राष्ट्रिय खेल खेल्ने चाहना छ। देशको नाम राख्न चाहन्छु, पदकहरु जितेर देशलाई दिन चाहन्छु।

कक्षा ७ मा अध्ययनरत निरुताले करातेमै आफ्नो भविष्य बनाउन चाहेको बताएकी छन्। घर परिवारको साथ र सहयोगबाट आफूले राम्रो खेल्न सकेको भन्दै निरुताले भनिन्, कराते खेल्नमा मलाई घरबाट पनि राम्रो सपोर्ट छ। ‘मलाई बुवा आमाले पनि करातेको लागि एकदमै सपोर्ट गर्नुभएको छ।'

पूर्वाधार छैनन्, तर पनि खेलाडी आकर्षित

कराते प्रशिक्षक डम्मर शाही भन्छन्, सुर्खेतमा निरुता जस्तै थुप्रै खेलाडीहरु छन्, खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहान्छन् तर त्यसको लागि पूर्वाधार नै छैनन्।खेल मैदान पनि छैन, केही समयअघि निर्माण भएको कबर्ड हल पनि अहिले प्रयोगविहीन जस्तै भएको छ।   संरक्षणको अभावमा कबर्ड हल कुरुप हुँदै गएको भन्दै उनले राज्यले खेलाडीहरुका लागि आवश्यकता पर्ने जति लगानी गर्न सहयोग नगरेको गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.