|

दमक : १४ असारमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार झापाका १५ स्थानीय तहमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराए। शक्ति प्रदर्शनसहित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका उनीहरुले विभिन्न झाँकी प्रदर्शन र नाचगानसहित उम्मेदवारी दर्ता गरेका छन्।

१५ स्थानीय तहमा कुन पार्टीबाट को?

भद्रपुर नगरपालिका

नेपालकै पुरानो भद्रपुर नगरपालिकाको ५२ पदका लागि २ सय ९९ ले उम्मेदवार दर्ता गराएका छन्। प्रमुखमा १०, उपप्रमुखमा ९ जना र वडाध्यक्षमा ७३ जनाको उम्मेदवारी परेको छ। भद्रपुरमा नेपाली कांग्रेसले गणेश पोखरेललाई प्रमुख र उपप्रमुखमा तारादेवी भुर्तेल, एमालेले जीवनकुमार श्रेष्ठलाई प्रमुख र उपप्रमुखमा

चन्द्रमाया श्रेष्ठ, माओवादी केन्द्रले शिवकुमार राजभण्डारीलाई प्रमुखमा र उपप्रमुखमा कुमारी स्र्वार्णिका सिहले उम्मेदवारी मनोनयन गरेका हुन्।  राप्रपाले नवराज पनेरु (राजु) लाई प्रमुख र उपप्रमुखमा राधा कार्की, संघीय समाजवादी फोरम नेपालले शत्रुघन चौधरीलाई प्रमुख र उपप्रमुखमा शर्मिला फेउदेन (लिम्बु), मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकबाट प्रमुखबाहेक उपप्रमुखमा सुष्मा सिहा मल्लिकलाई लाई उम्मेदवार बनाएको छ।

राष्टिय जनमुक्ति पार्टीबाट प्रमुखमा गोपाल चौधरी त्यस्तै स्वतन्त्रबाट प्रमुखमामा दुर्गाप्रसाद भटटाराई, मदनहाङ्ग तावा, जगदिश काफ्ले, भिषणथापा मगरले उम्मेदवारी दर्ता गराएका हुन्। स्वतन्त्रबाट उपप्रमुखमा सन्तकुमार राजवंशी (सन्तोष), मानवहादुर धमाला (गोपाल), फुलमाया राईले उम्मेदवारी दर्ता गराएका हुन्।

मेचीनगर नगरपालिका

मेची नगरनगरपालिकामा प्रमुखका लागि कांग्रेसबाट विमल आचार्य र उपप्रमुखमा दुर्गा खतिवडाले मनोनयन दर्ता गराए। एमालेबाट विष्णु प्रसाईंले प्रमुखमा तथा  मीना उप्रेतीले उपप्रमुखमा उम्मेदवारी दिए।

माओवादी केन्द्रबाट हंशालाल राजवंशीले प्रमुख तथा इन्दिरा कार्कीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए। राप्रपाबाट प्रमुखमा रमेश दहाल र उपप्रमुखमा सविना बजगाईंले उम्मेदवारी दिए। नयाँ शक्तिबाट पनिता ढकालर गोकुल हुमागाईंले क्रमश प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिए।

संघीय समाजवादी फोरमबाट इन्द्र श्रेष्ठ र अग्निमाया मेचेले क्रमश प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराए। नेकपा मालेबाट बद्रि उप्रेती र दुर्गा पाठकले क्रमश प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिए। यस्तै मंगोल नेसनल अर्गनाईजेसनबाट  रुद्र कुमार थुलुङ र दत्ता लिम्बुले क्रमश प्रमुख र उपप्रमुखमा दर्ता गराए। यस्तै,  स्वन्तन्त्रबाट प्रमुखमा ज्योतिकिरण रिजालले उम्मेदवारी दिए।

दमक नगरपालिका

केपी शर्मा ओलीको गृहनगर दमकमा ७ जना स्वतन्त्रसहित १५ जनाले प्रमुखकालागि उम्मेदवारी बनोनयन गराएका छन्। यस्तै उपप्रमुखमा दुई स्वतन्त्रसहित ९ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय दमकका प्रमुख देबराज फुयाँलका अनुसार निर्वाचनकालागि नेपाली कांग्रेसबाट प्रमुखमा ढुण्डिराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराईले उम्मेदवारी मनोनयन गराएका छन्।

यस्तै एमालेबाट रोमनाथ ओली र गीता पौड्याल अधिकारीले उम्मेदवारी मनोनयन गराएका हुन्। यस्तै मओवादी केन्द्रबाट रेवतराज पुरी प्रमुख र उपप्रमुखमा शन्तिदेवी धिमालले मनोनयन दर्ता गराएका छन्। राप्रपाबाट पार्टीका सहमहामन्त्री राम थापाले प्रमुख र उपप्रमुखमा रिता श्रेष्ठ बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त रुपमा सतिस शाहलाई प्रमुखको उम्मेदवारका रुपमा मनोनयन दर्ता गरा एभने उपप्रमुखमा गंगा सागर शेर्मालाई गराए। संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च र राष्ट्यि जनमुक्ति पार्टीको तर्फबाट प्रमुखमा देउकुमार लिम्बू र सावित्रा गुरुङ लावतीले उपप्रमुखमा मनोनयन दर्ता गराए।

यसैगरी नेपाल फोरम लोकतान्त्रिकको तर्फबाट प्रमुखमा कुमार भूजेल र सुस्मी शाहले उम्मेद्वारी दर्ता गराएका छन्। विवेकशील नेपाली दलका तर्फबाट सुवास सुवेदीले उम्मेदवारी मनोनयन गराए। यस्तै स्वतन्त्र तर्फबाट गोविन्द प्रसाद भट्टराई, अर्जुन बुढाथोकी, वीरसिंह धिमाल, ओमनाथ बस्नेत, देवीप्रसाद गौतम मधु थापामगर र सुन्दर देवानले प्रमुखमा उम्मेदवारी दर्ता गराए। यस्तै उपप्रमुखमा स्वतन्त्रका तर्फबाट प्रकास नेपाल र भवानी प्रसाद मिश्रले उम्मेदवारी दर्ता गराए।

 बिर्तामोड नगरपालिका

बिर्तामोड नगरपालिकाका लागि प्रमुखकापदमा १३ जनाले प्रतिश्पर्धा गर्ने पक्का भएको छ। प्रमुखकाका लागि ४ जना स्वतन्त्र सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट प्रमुखमा धु्रब शिवाकोटी र उपप्रमुखमा पबित्रा महतारा प्रसाईको उमेदवारी दर्ता गराएको छ।

त्यसैगरी, नेपाली कांग्रेसले प्रमुखमा जलकुमार गुरुङ र उपप्रमुखमा पार्बती गिरीको उमेदवारी दर्ता गराएको छ। माओवादी केन्द्रले प्रमुखमा सीपी कडरीया र उपप्रमुखमा लक्ष्मी न्यौपाने सरुको उमेदवारी दर्ता गराएको छ। त्यस्तै राप्रपाले प्रमुखमा भक्ति सिटौला र उपप्रमुखमा लिला उप्रेतीको उमेदवारी दर्ता गराएको छ।

नेकपा मालेले प्रमुखमा मन्दिरा सुबेदी बराल र उपप्रमुखमा भोलानाथ उप्रेती, यस्तै संघीय समाजबादी फोरमको तर्फबाट प्रमुखमा पदम बहादुर तामाङ्ग र उपप्रमुखमा चिजा राइको उमेदवारी दर्ता गराएको छ।

त्यस्तै, राष्ट्रिय जनमोर्चा नेपालले प्रमुखमा अबिचन्द्र भण्डारीको उमेद्वारी दर्ता गराएको छ। त्यस्तै मंगोल नेसनल अर्गनाइजेसनले राजकुमार लावतीलाई प्रमुख पदमा उमेद्वारी दर्ता गराएको छ। स्वतन्त्रबाट प्रमुख पदका लागि गोबिन्द प्रसाद अधिकारी, सृजना सिटौला, बालकृष्ण बुढाथोकी र रमेश कुमार कार्कीले उमेद्वारी दर्ता गराएका छन्।

अर्जुनधारा नगरपालिका

अर्जुनधारा नगरपालिकाकालागि प्रमुखमा कांग्रेसबाट हेमराज खरेल र उपप्रमुखमा सरस्वती सिटौलाले उम्मेदवारी दिए। यस्तै एमालेबाट हरी राना र कमला आचार्यले क्रमश प्रमुखर उपप्रमुखमा उम्मेदवारी दिए। यस्तै माओवादी केन्द्रबाट भूपेन्द्र न्यौपाने र अस्मिता तामाङ्गले प्रमुख र उपप्रमुखाम उम्मेदवारी दर्ता गराए। राप्रपाबाट

छविलाल लम्साल  र राजा गिरिले प्रमुख र उपप्रमुखमा दर्ता गराए।  संघीय समाजवादी फोरमबाट सृजलाल चौधरीले प्रमुखमा तथा  इश्वरी कुमारी माझिले उपप्रमुखमा उम्मेदवारी दिए। राष्ट्यि जनमुक्ति पार्टीबाट प्रमुखमा मीना पन्धाक, र उपप्रमुखमा शिवकुमार आचार्यले उम्ेदवारी दर्ता गराए।

यस्तै मंगोल नेसनल अर्गनाईजेसनबाट सचिन गोले प्रमुख तथा सुनिता तामाङ्गले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए। यस्तै  स्वतन्त्रबाट देवकुमारी ओली, नरेन्द्र बहादुर नेम्बाङ्ग र नगेन्द्र आचार्यले प्रमुखमा उम्मेदवारी दिए।

कनकाई नगरपालिका

कनकाई नगरपालिकामा काँग्रेसबाट प्रमुखमा एकराज उप्रेती र उपप्रमुखमा कविता बस्नेतले उम्मेदवारी दर्ता गराए। एमालेबाट प्रमुखमा राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै माओवादी केन्द्रबाट प्रमुखमा गोपाल चुडाल र उपप्रमुखमा शान्त अधिकरीले उम्मेदरी मनोनयन दर्ता गराए।

राप्रपाबाट प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराए। यस्तै मालेबाट प्रेम दहालले प्रमुखमा उम्मेदवारी दर्ता गराए। यस्तै स्वतन्त्रबाट भीम अधिकारी र हरिभक्त संग्रौलाले प्रमुखमा उम्मेदवारी दिए।

शिवसताक्षी नगरपालिका

शिवसताक्षी नगरपालिकाको प्रमुखमा कांग्रेसबाट पर्शुराम ढुंगाना, एमालेबाट चन्द्रकुमार शेर्मा, माओवादी केन्द्रबाट महेन्द्र भट्टराई, राप्रपाबाट उमानाथ दाहाल, राष्ट्रिय जनमुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मेनुका चाम्लिङले मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रमुखमा एमालेबाट बागी उम्मेदवार धनबहादुर थेबे र स्वतन्त्रबाट विजय सावा“ लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। यस्तै उपप्रमुखहरुमा कांग्रेसबाट जयकुमारी चेम्जोङ्ग, एमालेबाट भोजकुमारी नेपाल, माओवादीबाट कचाली ताजपुरीया, राप्रपाबाट बिष्णुकुमारी चौलागाई, राष्ट्रिय मञ्च र जनमुक्तिबाट

सन्तकुमारी फेउदेन, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट मंगलसिंह राजवंशीले तथा स्वतन्त्रबाट सावित्रादेवी दाहाल, रबिन खनाल र लक्ष्मीप्रसाद राजवंशीले मनोनयन दर्ता गराएको बुझिएको छ।

गौरादह नगरपालिका

गौरादह नगरपालिकाको प्रमुख पदमा ११ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन्। जसमा ६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृत सकुन्तला कार्कीका अनुसार प्रमुखमा कांग्रेसबाट रोहितकुमार साह, एमालेबाट मदनप्रसाद अधिकारी, माओवादी केन्द्रबाट पुष्पलाल ढकाल, राप्रपाबाट खेम

तिम्सिना, संघीय समाजवादी फोरम नेपालबाट खसुरधन राईले उम्मेदवारी दर्ता गराएका छन्।यस्तै स्वतन्त्र तर्फबाट चन्द्रमयाँ रिजाल, कविता निरौला, राधिका पौड्याल, झुमादेवी अधिकारी, शेरे भुजेल र उमेश कार्कीले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी उपप्रमुखमा नपाली काँग्रेसको तर्फबाट सुमित्रा कुमारी खरेल, एमालेबाट गिता भेट्वाल, माओवादी केन्द्रबाट अर्पणा राजवंशी, राप्रपाबाट बालिका रायमाझी, संघीय समाजवादी फोरम नेपालबाट हेमनसरी राजवंशीले मनोनयन दर्ता गराएका छन्। यस्तै स्वतन्त्र तर्फबाट भवानी प्रसाद फुयाल र सीता भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

 हल्दिबारी गाउँपालिका

हल्दिवारी गाउपालिकामा २७ पदका लागि १ सय २३ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा ५ जना, उपाध्यक्षमा ४ जना र वडाध्यक्षमा २६ जनाले उम्मेदवारी दिएका छन। सो गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसले अध्यक्षमा दिलिपकुमार लिम्बू र उपाध्यक्षमा चन्द्रकला राई, एमालेले अध्यक्षमा मञ्जु देवी सिटौला र

उपाध्यक्षमा डम्बर गिरी, माओवादी केन्द्रले अध्यक्षमा तुलसी ओली र उपाध्यक्षमा शान्तिमाया सेलिङ्ग, राप्रपाले खगेन्द्रप्रसाद लिङ्गदेन अध्यक्षमा र उपाध्यक्षमा भारती दाहाललाई उम्मेदवार बनाएका छन्।  त्यस्तै मालेबाट अध्यक्षमा गंगाप्रसाद शिवाकोटीलाई उम्मेदवार बनाएको छ।  

कचनकवल गाउँपालिका

कचनकवल गाउपालिकामा ३७ पदका लागि १ सय ७९ जनाले उम्मेदवार दिएका छन्। अध्यक्षमा ५ जना, उपाध्यक्षमा ७ जना र वडाध्यक्षमा ३३ जनाले उम्मेदवारी दिएका छन्। सो गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसले अध्यक्षमा कालेन्द्रसिह राजवंशी र उपाध्यक्षमा गीता ओडारी, एमालेले अध्यक्षमा शेरबहादुर खत्री र

उपाध्यक्षमा दीपतारा थापामगर लिम्बू, माओवादी केन्द्रले अध्यक्षमा हंशनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइनो, राप्रपाले अञ्जारा आलामलाई अध्यक्षमा र  उपाध्यक्षमा निमसरी राजवंशीलाई उम्मेदवार बनाएका छन्। त्यस्तै संघीय समाजबादी फोरम नेपालले अध्यक्षमा मञ्जुरा राई, मालेबाट उपाध्यक्षमा रामनन्द बिन र जनाधिकार फोरम लोकतान्त्रिकले उपाध्यक्षमा गोपाल गणेशलाई उम्मेदवार बनाएको छ।   

कमल गाउँपालिका

कांग्रेसले कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, उपाध्यक्ष दिपा गौतमको उम्मेदवारी मनोनयन दर्ता गराएको छ। यस्तै एमालेबाट अध्यक्षमा मेनुका काफ्ले र उपाध्यक्षमा बेणु सिवाकोटीले उम्मेदवारी दर्ता गराएका छन्।

 यसैगरी माओवादी केन्द्रबाट बिमल संग्रौला प्रमुख र उपप्रमुखमा गौरि राइले उम्मेदवारी दर्ता गराए। यसैगरि राप्रपाबाट विष्णुकुमार पौड्याल अध्यक्षमा र उपाध्यक्षमा इन्दिरा राईले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा मालेबाट अध्यक्षामा घरश्याम गुरागाई, संघीय जीत बहादुर राई, उपाध्यक्षमा पुस्पा लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै स्वतन्त्र उम्मेदवारहरुमा इन्द्र कुमार राई, मोहनराज श्रेष्ठ, र महेन्द्र राज पौड्यालले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै स्वतन्त्र उपाध्यक्ष हरी बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

गौरिगञ्ज गाउँपालिका

गौरिगञ्ज गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट फुलवती राजवंशी, एमालेबाट श्यामकुमार ढकाल, माओवादी केन्द्रबाट विद्यानन्द राजवंशी, राप्रपाबाट बबुराजा श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालबाट बद्रियादवले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसबाट दिपेन्द्र थापा, एमालेबाट मनिकादेवी राई, माओवादी केन्द्रबाट कल्पना राई राप्रपाबाट शुसिला ताजपुरीया, नेपाल लोकतान्त्रिक फोरमबाट सरवण गिरी र स्वतन्त्र तर्फबाट कमल प्रसाद राजवंशीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

झापा गाउँपालिका

झापा गाउँपालिकामा काँग्रेसबाट जयनारायण शाह र बसुन्धरा थपलियाले क्रमश अध्यक्ष र उपाध्यक्षमा उम्मदवारी दर्ता गराए। यस्तै एमालेबाट अध्यक्षमा गजेन्द्र ताम्लि र उपाध्यक्षमा कुन्ति बुढाथोकीले उम्मेदवारी दिए। यता माओवादी केन्द्र र संघीय समाजवादी फोरमले भने तालमेल गरेका छन्।

जसमा अध्यक्षकालागि माओवादीबाट रुद्र बगजगाई र उपाध्यक्षमा फोरमबाट गौरिशंकर राजवंशीले उम्मेदवारी दिए। यस्तै राप्रपाबाट चन्द्र कार्की र सुशिला केशीले क्रमश अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिए। यस्तै नेपाल फोरम लोकतान्त्रिकबाट  प्रभुनारायण यादव तथा स्वतन्त्र रुपमा मनोज कुमार राजवंशी र मोहन कुमार बस्नेतले अध्यक्षमा उम्मेदवारी दर्ता गराए।

बुद्धशान्ति गाउँपालिका

बुद्धशान्ति गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा चन्द्रकला भट्टराईले उम्मेद्वारी दिए। एमालेबाट अध्यक्षमा  चिन्तन पाठक र उपाध्यक्षमा मीना भुर्तेलले मनोनयन दर्ता गराए।

यस्तै माओवादी केन्द्रबाट खड्ग तिम्सिनाले अध्यक्ष तथा अस्मितकला लिम्बुले उपाध्यक्षमा दर्ता गराए।  राप्रपाबाट अध्यक्षमा नन्दमणी तिम्सिना र उपाध्यक्षमा इन्दिरा रिजालले उम्मेदवारी दिए। यस्तै संघीय समाजवादी फोरमबाटे हरिनारायण चौधरी अध्यक्ष तथा अनिता माझिले उपाध्यक्षमा उम्मेदवारी दिए।

संघीय लोकतान्त्रिक राष्ट्यि मञ्चबाट अध्यक्षमा  मानबहादुर लिम्बू र उपाध्यक्षमा पदममायाँ लिम्बुले उम्मेदवारी दर्ता गराए। मंगोल नेसनल अर्गनाईजेसनबाट मंगलसिंह लिम्बु र सुनिता गुरुंगले क्रमश अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिए। यस्तै स्वतन्त्रबाट अध्यक्षमा राजकुमार प्रधानले उम्मेदवारी दर्ता गराए।

बाह्रदशी गाउँपालिका

यस्तै, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट खड्गप्रसाद राजवंशी र रत्ना राजवंशीले क्रमश अध्यक्षमा र उपाध्यक्षमा उम्मेदवारी दिए। एमालेबाट  लक्ष्मण पाठकले अध्यक्षमा र गंगा  धमलाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए। माओवादी केन्द्रबाट देवीओझा र सुकुमती राजवंशीले क्रमश अध्यक्ष र उपाध्यक्षमा दर्ता गराए।  राप्रपाबाट भीम कार्की र सोगरी टुडुले क्रमश अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिए।

संघीय समाजवादी फोरम नेपालबाट अध्यक्षमा  रंगलाल राजवंशीले उम्मेदवारी दिए। यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट बलबहादुर राईले अध्यक्ष तथा गंगामायाँ केरुङ्गले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए। यस्तै स्वतन्त्र तर्फबाट उपाध्यक्ष मुना तिवारीले उम्मेदवारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.