|

दमक : असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रचारका लागि विवेकशील नेपाली दलको केन्द्रीय नेतृत्व झापा आइपुगेको छ। विवेकशील नेपाली दलले सोमबारदेखि झापाबाट सुरु गरेको जिल्ला भ्रमणमा उक्त दलका केन्द्रीय व्यवस्थापिका प्रमुख गोविन्दनारायण तिम्सिना,  नेतृ रन्जु दर्शना लगायतका नेताहरु सहभागी भएका छन्।

सोमबार झापामा आयोजित अन्तर्क्रियमा तिम्सिनाले अस्थिर सरकार रहन्जेलसम्म देशको विकास हुन नसक्ने बताए। उनले भने, ‘नेपाल कहिले स्थिर सरकार हुन सकेन, हाम्रो पार्टीको मूल उद्देश्य स्थिर सरकारको हो, सरकार अस्थिर भएमा एउटाले बल्ल विकास गर्न लागेको हुन्छ, त्यसले सरकारनै छाड्नु पर्ने अवस्था आउँछ।’

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले ठूला पार्टीहरुले युवालाई अवसर नदिएको बताइन्। उनले भनिन्,‘ ठूला दलहरुले युवालाई अवसर दिएनन्, युवालाई झण्डा बोकेर हिँड्ने मात्र बनाए त्यसका लागि पनि हामीले विवेकशील दल दर्ता गराएका हौँ, हामी युवाले विवेकशील नेपाली दल मार्फत राजनीतिक गरेका हौं।' उनले देशमा एक अर्को राजनीतिक दलको खिचातानीका कारण युवाले रोजगारी नपाएर विदेशिनु परेको दाबी गरिन् ।

वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा प्रतिस्पर्धी रहेकी नेतृ दर्शनाले संसदमा भएका दलहरुले साना दललाई चुनाव चिन्ह नदिने व्यवस्था गरेकाले पनि कम मत आएको बताइन्। उनले भनिन्, ‘ठूला दलहरुले आफू हार्ने डरले हामीलाई चुनाव चिन्ह दिएनन्, त्यस कारण हामीले जित्न कुस्किल परेको हो, मतदान हुन भन्दा पाँच दिन अघि चनाव चिन्ह आउँछ अनि कसरी घरदैलो कार्यक्रम गर्नु, त्यस कारण हामीले जित्न नसकेका हौं।’

यस्तै दलले झापाको दमक नगरपालिकाबाट प्रमुखका लागि २९ वर्षीय सुवास सुवेदीलाई अघि सारेको छ भने दमक नगरपालिकाबाटै वडा ३ मा दधिराम ढकाललाई सदस्यमा उम्मेदवार बनाएको छ। उनीहरुले सोही कार्यक्रका बीच नगरलाई समृद्ध बनाउन आफ्नो प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • सार्है राम्रो लाग्याे