राजनीति

राजपा नेतालाई उपेन्द्र यादवको चुनौती : कि आरोप पुष्टि गर कि माफी माग
SHARES

असार ५, २०७४

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन्। अध्यक्ष यादवले आरोप प्रमाणित गर्न राजपालाई चुनौती दिएका छन्। 

    ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेसी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्’, फोरम नेपालका अध्यक्ष यादवको सचिवालयद्वारा जारी प्रेस नोट उनलाई उद्‍धृत गरिएको छ। राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले टिप्पणी गरे। 

    राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए। 

    राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको आरोप टिप्पणी गर्दै अध्यक्ष यादवले मनिश सुमन आफैले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुन सक्ने जिकिर गरे। उनले भने,– ‘अरुमाथि यसरी आरोप लगाउने राजपाको पार्टीको आयश्रोत के हो? कहाँबाट सञ्चालित छ? कसरी चलेको छ? यसको जवाफ राजपासँग छ?’

    राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकोले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिए। ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन्। राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’– अध्यक्ष यादवले भने। 

    अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]