|

इलाम : इलाम नगरपालिका–१२ मा वडा अध्यक्षको उम्मेदवारका रुपमा छनोटमा परेका नारायण राई बेपत्ता भएको ४ दिन बितिसक्दा पनि खोजी कार्यमा प्रशासनले उचित ध्यान नदिएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।

पार्टीबाट वडा अध्यक्षको टिकट पाएका राई शुक्रबार अपराह्न ४ बजेदेखि सम्पर्कविहीन छन्। उनी सम्पर्कविहीन भएपछि माओवादीले सोममाया राई (सिन्धु) लाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ। 

सोमबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले बेपत्ता राईको खोजी कार्यमा प्रशासनले ढिलासुस्ती गरेको आरोप लगायो। अन्य पार्टीका प्रतिस्पर्धीले मनोनयनको मिति छल्न अपहरण गरेको हुुनसक्ने माओवादी इलामका संयोजक सिन्धु राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

गत शनिबार आयोजित आमसभाको तयारीका लागी भनेर शुक्रबार अपराह्न घरबाट निस्किएका राई हालसम्म पनि सम्र्पकमा नरहेको माओवादीले जनाएको छ।

राईको खोजीका लागी प्रहरी र निर्वाचन कार्यालयलाई जानकारी गराइएको इलाम नगरपालिका प्रमुखका उम्मेदवार छविलाल आर्चाय (प्रवाश शर्मा) ले बताए। राईको खोजीमा प्रशासन गम्भीर नभए मंगलबारबाट वाईसीएल परिचालन गरिने वाईसीएल इलामका सचिव विक्रम लिम्बुले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.