स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

मनोनयन दर्ता गरेको भोलिपल्टै उम्मेदवारको मृत्यु
SHARES

असार ५, २०७४

    बैतडी :  बैतडीको डिलासैनी गाउँपालिकाको वडा नम्बर ७ मा वडा सदस्यका उम्मेदवार ७० वर्षीय बृद्धको मृत्यु भएको छ। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दिएका गोविन्दसिंह कार्कीको मृत्यु भएको हो। उनले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मोतीलाल शर्माले बताए।

    उम्मेदवारी दर्ता गरेर आइतबार साँझ खाना खाएर सुतेका उनी विहान मृत अवस्थामा भेटिएका हुन्। दमका विरामी कार्कीको हृदयघातका कारण मृत्यू भएको उनको पारिवारजनले बताएको प्रहरीले जनाएको छ। प्रहरीले पोष्टमार्टमका लागि शव लिन खोज्दा परिवारका सदस्यले कालगतिकै कारण मृत्यु भएको भन्दै शवको पोष्टमाटम गर्न नदिएको जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ। उनको सोमबार नै दाहसंस्कार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]