महोत्तरी : महोत्तरीको बर्दिवास ३ पाटु स्थित विपी राजमार्गमा ट्रकको ठक्करबाट एक स्कुले बालकको मृत्यु भएको छ।
बर्दिवास ३ स्थित गौरीडाडाँको एक विद्यालयमा नर्सरीम अध्ययन गर्ने ६ वर्षीय बालक आशिष थापाको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
बालकले सडक पार गर्न लाग्दा ना ५ ख ४१ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा उनकव् घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको मृत्यु भएपछि स्थानीयले विपी राजमार्ग केही समय अवरुद्ध गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।