|

दाङः आइतबार विभिन्न दलका नेताहरूले उल्लासका साथ आफ्नो उम्मेदवारी दर्ता गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले दाङमा विभिन्न उम्मेदवारका घरमा कालो झण्डा टाँगेको छ। 

आइतबार राती विप्लवका कार्यकर्ताले कालो झण्डा टाँगेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका छन्। विभिन्न गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुख पदकी उम्मेदवार देविका नेपाली, माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार सेशुराम भण्डारीलगायत विभिन्न वडा अध्यक्षका उम्मेदवारका घरमा समेत कालो झण्डा फेला परेको प्रहरीले बताएको छ। 

त्यस्तै, घोराही उपमहानगरपालिकाका विभिन्न दलका प्रमुख पदका उम्मेदवार, लमही नगरपालिकालगायत विभिन्न गाउँपालिकाका उम्मेदवारका घरमा पनि कालो झण्डा टाँगेको भए पनि सोमबार बिहानै ती झण्डाहरू हटाइसकेको प्रहरीले बताएको छ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारीमा एक जना उम्मेदवारको घर नजिकै कालो झण्डा गाड्दै गरेको अवस्थामा स्थानीय अंगद नेपालीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.