|

लहानः सप्तरीको राजविराज नगरपालिका– ९ स्थित राजविराज–रूपनी सडक खण्डमा सोमबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।

रूपनीबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४२२५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडक छेउमा पल्टिँदा १३ यात्रु घाइते भएका हुन्।

घाइते हुनेहरूमा सप्तरीको बोदेबर्साइन नगरपालिका– १४ नेगडाका ३५ वर्षका फूलकुमार यादव, सोही ठाउँका ५७ वर्षका नथुनी यादव, मौवाहा बेलहीका ५२ वर्षका सहदेव यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनामा बोदेबर्साइनका ४० वर्षका रामनारायण यादव, सोही ठाउँका २५ वर्षका किरण झा, ६५ वर्षका हरिनारायण यादव, ३७ वर्षका सुदीप कापडी, ३० वर्षका मंगल कापर, १५ वर्षका नीतिशकुमार यादव, ३५ वर्षकी शान्तिदेवी साह, बोदेबर्साइनकै ६० वर्षका जगरूप साह घाइते भएका प्रहरीले जनाएको छ।

यसरी नै नेगडाका २५ वर्षका देवेन्द्र मलिक, सुरुङ्गा नगरपलिकाका ७० वर्षका उसिमलाल सोनार पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.