|

  • मिलनप्रकाश ढुङ्गाल-

बैतडीः बैतडीमा दोस्रो चरणअन्तर्गत असार १४ मा हुने स्थानीय तहको निर्वाचनमा बैतडीका ४६४ सिटका लागि १७ सय ६ जना भिड्ने भएका छन्। 

आइतबार सम्पन्न उम्म्दवारी दर्तापछि ४६४ सिटमा १७ सय ६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। चार नगरपालिका र छ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको बैतडीमा ८४ वटा वडा छन्। तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० सिटका लागि २२३ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। 

यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५/५५ सिटका लागि क्रमशः २०९ र १७८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मेलौली नगरपालिकामा ५० सिटका लागि १८१ जना भिड्ने भएका छन्। 

यस्तै, दोगडाकेदार र सुर्नया गाउँपालिकामा ४५/४५ सिटका लागि क्रमशः १६९ र १७५ जनाएको उम्मेदवारी परेको छ भने पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा ३५/३५ सिटका लागि त्रमशः ११४ र १२० जनाको उम्मेदवारी दर्ता भएको छ।

उता, सिगास गाउँपालिकामा ५० सिटका लागि १८० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने डिलासैनी गाउँपालिकामा ४० जना जनप्रतिनिधि निर्वाचित हुनका लागि १५६ जनाले प्रतिस्पर्धा गर्नेछन्। 

प्रत्येक नगरपालिका र गाउँपालिबाट एक÷एक जना प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तिमा दुई महिला सदस्यसहित पाँच जना सदस्य निर्वाचत हुनेछन्। 

दशवटै तहमा प्रमुख पदमा ५६ जनाले लड्दै छन् भने उपप्रमुखमा ४५ जनाले प्रतिस्पर्धा गर्नेछन्। 

कुल एक लाख २५ हजार २८२ जना मतदाता रहेको बैतडीमा १२० मतदानस्थल तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.