|

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिख खर्च करिब २ लाख ६३ हजार रुपैयाँ बेहोर्ने भएको छ। राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय ९६ रुपैयाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ।

राष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ र पोसाक सुविधा शीर्षकमा २ हजार ८४ रुपैयाँ, उपराष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक १ लाख ९८ हजार ३० रुपैयाँ र पोसाक सुविधा शीर्षकमा १ हजार ६ सय ६६ रुपैयाँ उपलब्ध गराइने गरी विधेयक पारित भएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिका लागि विधेयक बनेसँगै सरकारले २ लाख ६२ हजार २३० रुपैयाँ बेहोर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ठिक छ ,राष्ट्र प्रमुख हो ।राजतन्त्र ,राणातन्त्र ले मासिक करोडौं खान्थे ।सर्बसाधारन ले यति तलब मा काम गर्दै छ भने अरु के खोज्ने ?