दमकलाई समृद्ध नगर बनाउने एमाले मात्रै हो

|

दमक : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला झापा आइपुगेका छन्। झापामा एमालेलाई पहिलो पार्टी बनाउन उनी आफ्नो गृहजिल्ला झापा आएका हुन्। झापामा रहँदा उनले विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

दमकलाई समृद्ध नगर बनाउन एमाले

उनी अब तीन दिनसम्म झापा रहने एमालेले जनाएको छ। सोही क्रममा आज दिनैभर ओलीले आफ्नो गृहनगर दमकमा रहने विभिन्न चुनावी सभामा सहभागी हुने एमाले चुनाव प्रचारप्रसार समिति दमकले जनाएको छ। उनले आज नै दमक ३ मा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरे। उनले चुनावीसभालाई संबोधन गर्दै दमकलाई समृद्ध नगर बनाउन एमालेले मात्र सक्ने दाबी गरे।

उनले भने,‘दमकलाई समृद्ध बनाउन हामीले मात्र सक्छौँ, हामीलेनै दमकमा विश्वैको अग्लो बुद्धको मूर्ति, प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क,भ्यू टावर लगायत सबै प्रकारका विकास निर्माणका आयोजनाहरु ल्याएका छौँ, त्यो विकास निर्माणलाई पूरा गर्न पनि एमालेलेनै जित्नु पर्छ।’

उनले सबै जनतालाई विकासको पक्षमा मतदान गर्न आग्रह गरे। उनले भने,‘ तपाईंहरु विकास चहानुहुन्छ कि, गफ मात्र चाहनुहुन्छ, विकास चहानुहुन्छ भने एमालेले मात्र देशको विकास गर्न सक्छ, त्यसैले विकासको पक्षमा मतदान गर्नुहोस्।’

दमक अत्याधिक सम्भावना भएको नगर भएको भन्दै एमालेले जितेमा दमकको विकास हुने बताए। उनले भने,‘ दमकमा अत्याधिक सम्भावना छ, त्यो सम्भावन पूरा गर्न एमालेले मात्र सक्छ, दमकलाई पर्यटकीय क्षेत्र बनाउन, रोजगारीको क्षेत्र बनाउन एमालेले मात्र सक्छ, अबको दश वर्ष भित्रमा दमकको औद्योगिक पार्कमा एक लाख जनाले प्रत्येक्ष रोजगारी पाउँछन्, दमकका युवाहरु अब विदेशीनु पर्दैन’।

तीनै तहको निर्वाचन पछि एमालेको सरकार बन्ने दाबी गर्दै अध्यक्ष ओलीले भने,‘अब माघ पछि हाम्रो बहुमतको सरकार बन्छ, अनी हामी देशको विकास गर्छौँ, पूर्वपश्चिम इलेक्ट्रिक रेल कुदाउँछौँ।’

सबै खोलहरुमा पुल बनाउँछु भन्दा हास्नेहरु देख्दै होलान्

आफूले सबै खोलामा पूल बनाउने उद्घोष गर्दा विपक्षीले गफमा उढाएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मैले जनताको दुखलाई देखेर सबै खोलहरुमा पुल बनाउँछु भन्दा गफ गरो भने तर साथीहरुले अहिले देख्दै होलान्।’ कार्यक्रममा बाल्दै अध्यक्ष ओलीले आफूले सपना मात्र नबाढेको दाबी गरे। उनले भने,‘ मैले

सपना मात्र बाढेको छैन काम पनि गरेको छु, प्रचण्ड सरकारल मैले गरेकै कामको जस लियो’। उनले एमाले हिमाल पहाड मधेस गरी सबै जनताको पार्टी भएकोले सबैलाई एमालेमा आउन आग्रह गरे। उनले भने, ‘एमालले सबै जनताको हो, त्यसैले सबैलाई एमालेमा आउन आग्रह गर्छु, कसैलाई पार्टीमा आउँन गाह्रो भएको भए भोट दिनुहोस् हामी देशको विकास गरेर देखाउँछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.