|

  • रमेश पराजुली-

 सिन्धुपाल्चोक : आफ्नै घरमा धूप बनाएर आफूलाई खर्च पुर्‍याउँदै आएकी चौतारा साँगाचोकगढी नगरपालिका ५ छेकाथोककी अपांगता भएकी सुकमाया घले अहिले आफैं आत्मनिर्भरताको बाटोमा लागेकी छन्। चौतारा सागाचोकगढी नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्ग समन्वय समितिको आयोजनामा ५ दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि उनी आफैंमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको बताउँछिन्।

सिन्केधूप र साबुन बेचेर आत्मनिर्भर

चौतारा साँगाचोकगढी नगरपालिकाका २० जना अपाङ्गता भएका व्यक्तिहरु सिन्केधूप र साबुन बनाउने तालिम दिइएको थियो। ‘तालिमबाट आत्मनिर्भर बन्ने आमत्मविश्वास लिएको छु। पहिले धूप बनाउँथें। अहिले साबुन बनाउने तालिम पनि लिएको छु। घुप मुठाको ६ रुपैयाँको दरले बेच्थें। अब साबुन किलोको ६०/७० का दरले बिक्री हुन्छ’ उनले भनिन्।

तालिममा सहभागी गंगादेवी श्रेष्ठले खुसी हुँदै भनिन्,’ यस्ता सीपले हामी अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सहयोग मिल्ने र यस्ता कार्यक्रम दीर्घकालीन योजनाका साथ सञ्चालन भएमा अपांगता भएका व्यक्तिहरु आर्थिक रुपले माथि उठ्न टेवा पुग्नेछ।’

‘हामी अपांग भएका व्यक्तिहरुले दैनिक १०/१२ किलो साबुन बनाउँन सक्छौँ’ घरमा साबुन उत्पादन गर्ने सामाग्रीको व्यवस्था भयो भने आफ्नो परिवार आफैंले साबुन बनाएरै चलाउन सक्ने आफूमा आँट भएको श्रेष्ठको भनाइ छ।

दैनिकजसो ५ सय भन्दा धेरै बत्ती काडेर जिवन चलाउँदै आएकी चौतारा बजारकी हरिमाया पुरी पनि आफूलाई केही गर्न सक्छु भन्ने भावना जागेर आएको बताउँछिन्। हामीहरुलाई केही गर्न सक्दैन भन्नेहरुका लागि गतिलो उदाहरणको रुपमा आफूहरु लागेको उनको भनाइ छ।

अपांताको विषयमा के भन्छन् जनप्रतिनिधि?

सबैले एकजुट भएर अपांग भएका व्यक्तिहरुले गर्न सक्ने काम गर्न जागरुकता गरे हामी आफैंमा आत्मनिर्भर बन्न सक्ने चौतारा सागाँचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिङ तामाङ बताउँछन्।

‘अपांगता भएका व्यक्तिहरुले सिकेको सीपले आत्मनिर्भर बनाउने कुरामा आफैंमा राम्रो हो’ उनले भने आगामी दिनमा यस्ता व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सबै सहयोग गर्नेछ।’ ‘लक्षित वर्गको नाममा आउने बजेटलाई अपांगताको क्षेत्रमा विशेष जोड दिने नगरकार्यपालिका सदस्य सागर परियारलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.