तालमेल गर्नेमा कांग्रेस अगाडि

|

काठमाडौं: स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रमुख राजनीतिक दलहरु नै अन्य दलसँगको गठबन्धन गरेर प्रतिस्‍िर्धामा उत्रिएका छन्। व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दल संघीय समाजवादी फोरम र संसद बाहिरको दल नयाँ शक्ति नेपालबीच चुनावी तालमेल घोषित रुपमा अघि बढे पनि कतिपय गाउँ र नगरपालिकामा विवाद देखिएको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको तीन वटा प्रदेशमा हुने निर्वाचनमा सबैभन्दा धेरै अर्थात् २७ भन्दा बढी स्थानीय तहमा अन्य दलसँग तालमेल गरेको छ। तालमेल गरेको धेरै जसो स्थानमा नेपाली कांग्रेसले गाउँ-नगरपालिका अध्यक्ष-प्रमुख पद नैं लिएको छ।

कांग्रेसले सबैभन्दा बढी सत्तारुढ गठबन्धन माओवादी केन्द्रसँग १८, संघीय समाजवादी फोरम÷नयाँशक्तिसँग ६ र एमाले, राप्रपा र विप्लव नेतृत्वको नेकपा माओवादीसँग १-१ स्थानीय तहमा औपचारिक समीकरण अर्थात् गठबन्धन गरेको छ। 

एमालेले कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र फोरम लोकतान्त्रिकसँग एक÷एक स्थानीय तहमा गठबन्धन गरेको छ। माओवादी केन्द्रले भने कांग्रेससँग १८, संघीय समाजवादी फोरम, राजमो र लोकतान्त्रिक फोरमसँग एक-एक स्थानीय तहमा गठबन्धन गरेको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग ६ स्थानीय तहमा गठबन्धन गरेको छ। त्यस्तै, राजमो र लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच र राजमो र देशभक्त गणतान्त्रिक पार्टीबीच एक÷एक स्थानमा गठबन्धन भएको छ।

कुन-कुन दलबीच कहाँ-कहाँ तालमेल?

कांग्रेस- एमाले
१.रोल्पाको माडी गाउँपालिका

अध्यक्ष : कांग्रेसका गोपाल घर्तीमगर 
उपाध्यक्ष: एमालेका प्रेमबहादुर घर्तीमगर

कांग्रेस - माओवादी केन्द्र
जिल्ला : ताप्लेजुङ
१ फुङलिङ नगरपालिका

प्रमुख : केशवप्रसाद दाहाल
उपप्रमुख: बमबहादुर भट्टराई 

जिल्ला : तेह्रथुम
२ आठराई गाउँपालिका

अध्यक्ष : नारायण कुमार इङनाम
उपाध्यक्ष : रमिला खनाल

३ फेदाप  गाउँपालिका
अध्यक्ष : केशवप्रसाद भेटवाल
उपाध्यक्ष : गंगाप्रसाद लिम्बू

जिल्ला : भोजपुर

हतुवागढी गाउँपालिका
अध्यक्ष : मदन खुलाल
उपाध्यक्ष : सुनिता किराती (संघीय समाजवादीको समेत गठबन्धन)

जिल्ला : रुपन्देही

५ बुटवल उपमहानगरपालिका 
प्रमुख : खेलराज पाण्डे
उपप्रमुख : जगत पोखरेल

६ देवदह नगरपालिका 
प्रमुख : हिराबहादुर खत्री
उपप्रमुख : टीका न्यौपाने गौतम

७  निम्दी गाउँपालिका 
अध्यक्ष : शालिकराम पाण्डे
उपाध्यक्ष : बलु गैरे

८ बगनासकाली गाउँपालिका
प्रमुख: कृष्णप्रसाद बस्याल
उपप्रमुख : कृष्ण भूषाल

जिल्ला : अर्घाखाँची
९ सन्धिखर्क नगरपालिका

प्रमुख : कमलप्रसाद भूषाल
उपप्रमुख : ठाकुरकुमार विक

१० शितगंगा नगरपालिका
प्रमुख: सूर्यप्रसाद अधिकारी
उपप्रमुख: टीका रेशमी

११ भूमिकास्थान नगरपालिका

प्रमुख: खडानन्द वेल्वासे
उपप्रमुख : रेशम थापा

१२ मालारानी गाउँपालिका
प्रमुख : शान्ता खनाल
उपप्रमुख : पदम क्षेत्री

जिल्ला : गुल्मी
१३ धुर्कोट गाउँपालिका

प्रमुख: शिव थापा
उपप्रमुख : भूपाल थापा

१४ रुरु गाउँपालिका 
अध्यक्ष: सीताकुमारी 
उपाध्यक्ष : यदु ज्ञवली 

जिल्ला : प्युठान 
१५ नौबहिनी गाउँपालिका

अध्यक्ष : शिव रिजाल
उपाध्यक्ष: धनबहादुर वुढा (सचिन)

जिल्ला: अछाम
१६ मंगलसेन नगरपालिका

प्रमुख : चन्द्रप्रसाद ढुंगाना
उपप्रमुख: रोहिना भण्डारी

१७ मल्लेख गाउँपालिका
अध्यक्ष: धनवहादुर शाह
उपप्रमुख: लोकबहादुर साउद

१८ बान्नीगढी जयगढ गाउँपालिका
अध्यक्ष : राजेन्द्र खड्का
उपाध्यक्ष: लोकबहादुर साउद

कांग्रेस र राप्रपाबीच तालमेल
जिल्ला :धनकुटा
१ महालक्ष्मी नगरपालिका

प्रमुख : अग्नी पौडेल
उपप्रमुख : महेन्द्र निरौला

कांग्रेस र संघीय समाजवादीबीच तालमेल
जिल्ला इलाम

१ माङ्सेवुङ गाउँपालिका
अध्यक्ष : डिकेन्द्र इदिङ्गो
उपाध्यक्ष: विनोद नेम्वाङ

जिल्ला : धनकुटा
२ साँगुरीगढी गाउँपालिका 

अध्यक्ष : जितेन्द्र रुम्दाली राई
उपाध्यक्ष : बलबहादुर राई

३ चौविसे गाउँपालिका
अध्यक्ष : हर्कराज चेम्जोङ
उपाध्यक्ष : उपेन्द्र लावती

जिल्ला : भोजपुर
४ साल्पासिलिछो गाउँपालिका

अध्यक्ष : महेश राई
उपाध्यक्ष: बीरबहादुर राई

५ टेम्के मैयुङ गाउँपालिका
अध्यक्ष :रामसिंह राई (समाजवादी)
उपाध्यक्ष : सरोज बस्नेता (कांग्रेस) माओवादी केन्द्रसमेतको गठबन्धन

६ रामप्रसाद राई गाउँपालिका
अध्यक्ष :दिनेश कार्की
उपाध्यक्ष: लक्ष्मी राई

कांग्रेस- नेकपा माओवादी (विप्लव नेतृत्वको) 

१ रोल्पाको थवाङ गाउँपालिका
अध्यक्ष: अमित घर्तीमगर (विप्लव माओवादी)
उपाध्यक्ष: श्रीकुमारी रोक्का (कांग्रेस)

कांग्रेस- राष्ट्रिय जनमुक्ति पार्टी
१ तिलोत्तमा नगरपालिका 

प्रमुख : रामकृष्ण खाँड
उपप्रमुख : गीता सारु

एमा- माओवादी केन्द्र
जिल्ला : प्युठान 

१ ऐरावती गाउँपालिका

अध्यक्ष : टिकाबहादुर गुरुङ
उपाध्यक्ष : बुद्ध बस्नेत (बसन्त) 

एमाले- राष्ट्रिय जनमोर्चा
जिल्ला : प्युठान
१ नौवहिनी गाउँपालिका

अध्यक्ष : डिलाराम थापा
उपाध्यक्ष : रामबहादुर केसी

एमाले- लोकतान्त्रिक फोरम
१ बिराटनगर महानगरपालिका

प्रमख: विनोद ढकाल
उपप्रमुख: सूची चौधरी

माओवादी केन्द्र-संघीय समाजवादी फोरम
१ बिराटनगर नगरपालिका

प्रमुख: उमेश यादब (फोरम)
उपप्रमुख : नमिता न्यौपाने (माओवादी)

माओवादी केन्द्र-राष्ट्रिय जनमोर्चा
जिल्ला : प्युठान 
१ स्वर्गद्वारी नगरपालिका
 

प्रमुख : बीरवहादुर पुन मगर (राजमो)
उपप्रमुख : दुर्गा रेग्मी

२ गौमुखी गाउँपालिका
अध्यक्ष : मनबहादुर थापा (कमल)
उपाध्यक्ष : विदुर मल्ल

माओवादी केन्द्र र लोकतान्त्रिक राष्ट्रिय मञ्चवीच तालमेल
जिल्ला : इलाम
१ सन्दकपुर गाउँपालिका

अध्यक्ष : प्रेम नाछिरिङ राई
उपाध्यक्ष : धनप्रसाद साउदेन

लोकतान्त्रिक फोरम र नयाँशक्ति- संघीय समाजवादी
जिल्ला नवलपरासी
१ बर्दघाट नगरपालिका

प्रमुख : यमबहादुर थापा (उपप्रमुखमा उम्मेदवारी छैन।) 

२ सुनवल नगरपालिका 
प्रमुख : सुनिता काफ्ले 
उपप्रमुख : हर्कबहादुर गुरुङ 

३ रामग्राम नगरपालिका
प्रमुख : अनिरुल्लाह मियाँ
उपप्रमुख : रुपा चौधरी 

४ सुस्ता गाउँपालिका
अध्यक्ष : गंगाराम चौधरी (उपाध्यक्षमा उम्मेदवारी दिइएका छैन।) 

५ सरावल गाउँपालिका
अध्यक्ष : खेमनारायण गुरौ
उपाध्यक्ष : गिरिजादेवी हरिजन

६ पाल्हिनन्दन गाउँपालिका
अध्यक्ष : धरेन्द्र यादव
उपाध्यक्ष : मञ्जु चौधरी

राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच तालमेल
इलाम जिल्ला
१ इलाम नगरपालिका

प्रमुख : निर्मला चेम्जोङ
उपप्रमुख : टंक नोग

राजमो र देशभक्त जनगणतान्त्रिकबीचको तालमेल
१ धनकुटा नगरपालिका

प्रमुख : कैलाशमान पौढ्याल
उपप्रमुख :शावित्रीमायाँ विश्वकर्मा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.