तिलगुफा नगरपालिकाका प्रमुख रतनबहादुर भन्छन्,आर्थिक विकासको आधार जल जंगल जडिबुटी

|

  • रमेश रावल-

कालिकोट  : पश्चिम नेपालकै जलविद्युत् ‘हब’ का रुपमा कालिकोटमा विकास हुन लागेको छ। जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला-२, १६ मेगावाटको पादमघाट जलबिद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति दिएपछि कालिकोट जलबिद्युत हवका रुपमा विकास हुन लागेको हो।

कालिकोटमा यी सबै आयोजना बनेमा १ हजार ३ सय १२ मेगावाट बिद्युत उत्पादन हुनेछ। कालिकोट जलबिद्युतको ‘हव’ का रुपमा विकास हुन लागेकोमा यहाँका स्थानीयबासी निकै उत्साहित भएका छन्।

कर्णालीकै आर्थिक विकासको आधार जल जंगल जडीबुटी रहेकोले यहाँको विकासमा जलबिद्युतको उपयोगमा यो वर्ष निकै ठूला उपलब्धि भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडिबुटी हुन्।’ उनले भने, ‘यो वर्ष कालिकोटमा जलबिद्युतका प्रशस्त मार्ग खुलेका छन्।

भर्खेरै मात्र सरकारले कालिकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ।

नेपाल विद्युत प्राधिकरणले तिला १ र तिला २ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताको लागि समझदारी भइसकेको छ। दुई जलविद्युत आयोजनाको प्रबद्र्धधक एससी कम्पनीले तीन वर्षअघि नै यो कम्पनीले विद्युत विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो।

तर विद्युत खरिद सम्झौता तथा प्रसारणलाइनसम्बन्धी सम्झौता रोकिएको बेला उर्जामन्त्री जर्नादन शर्माले पहलमा प्राधिकरणले सम्झौता हस्ताक्षर भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘प्राधिकरण र एससी कम्पनी बीच अहिलेकै निर्देशिका अनुसार विद्युत खरिद गर्ने र २०२४ सम्ममा

प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको छ।’ उनले भने,-‘यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन्।पिकिङ रन अफ दि रिभर को मापदण्ड अनुसार नै यसको पिपिए भएको छ।’

४ सय २० मेगावाटको तीला-१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला दुईमा यिनै क्षेत्र प्रभावित हुने बिद्युत निर्माण प्रबद्र्धक कम्पनी एसि पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए।

आयोजनाहरुको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ। तर, प्राधिकरणले तयार पारेको प्रसारण लाइन गुरुयोजना अनुसार, त्यस क्षेत्रमा प्रसारण लाइन सन् २०२५ सम्म बन्ने प्राबिधिक शाहीले बताए। ‘तिला-१ र तिला-२ मा गरी झण्डै २७ किलोमिटर दुरीको सुरुङ बनाउनुपर्दछ।’ उनले भने,-‘प्रसारण लाइन कोहलपुरसम्म जोड्नु पर्ने हुदाँ अझ थप समय लाग्ने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.