|
दमकस्थित गणतन्त्र चोकमा राखिएका झण्डा निकाल्दै दलका कार्यकर्ता

दमक : झापाको दमकस्थित गणतन्त्र चोकमा निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी राखिएका झण्डा तथा ब्यानरहरु दलहरुले निकाल्न थालेका छन्। निर्वाचनमा आयोगको निर्देशनअनुसार दलहरुले गणतन्त्र चोकमा राखिएका झण्डा तथा ब्यानरहरु धमाधम निकाल्‍न थालेका हुन्। मंगलबार नेकपा माओवादी केन्द्रले चोक नै कुरुप हुने गरी राखिएका आफ्ना झण्डा तथा ब्यानर एक कार्यक्रमको आयोजना गरि चोकबाट हटाएको छ।

माओवादीले निर्वाचन आचारसंहित पूर्ण रुपमा पालना गर्ने भन्दै चोकमा राखेको झण्डा तथा ब्यानसहितका प्रचार सामग्री हटाएको नेकपा मओवादी केन्द्रका तर्फबाट दमक नगरपालिकाका प्रमुखका उम्मेदवार रेवतराज पुरी गगनले बताए। उनले भने,‘हामी निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालन गछौँ, निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न भएको हेर्न चाहान्छौं, त्यसैले हामीले झण्डा तथा ब्यानर निकालेका हौं।’

 उनले आफूहरुले पनि अरुको सिको गरेर झण्डा तथा ब्यानर राखेको बताए। उनले भने,‘ हामीले पनि अरुको सिको गरेर ब्यानर तथा झण्डा राखेका थियौँ, हामीले फागुनमै उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थियौं, हामीले २ महिना चोकमा प्रचार सामग्री राखेका थिएनौं, तर केपी ओली आउँदा, कांग्रेस सभापति शेर बहादुर देउवा आउँदा झण्डा तथा ब्यानर राखियो त्यस कारण हामीले पनि राखेका हौं।’

उनले दमकलाई अब हरित नगरका रुपमा विकास गर्नु पर्ने बताए। उनले भने, ‘निर्वाचन आचासंहिता उल्लंघन हुने खालका प्रचार समाग्री चोक र आकाशे पुलबाट हामीले हटाएका छौँ, अब तपाईहरु पनि हटाउनुहोस्, अनि दमकलाई हरित नगर बनाएर अघि बढ्नु पर्छ’। उनले अरु दललाई चाहीँ आचारसंहिताले नछोएको भन्दै दुखेको पोखे। उनले भने, ‘हामीले झण्डा ब्यानर राख्दा चाहीँ आचासंहिता लाग्ने, अनि अरु साथीहरुलाई चाहीँ नलाग्ने ? के आचासंहित माओवादीलाई मात्र लाग्ने हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.