|

उदयपुर : चुनावीसभालाई सम्बोधन गर्न पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदयपुर आएका छन्। यही असार १४ गते हुने निर्वाचनको लागि माओवादी केन्द्र उदयपुरका चार नगरपालिकाकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आएको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सुरेश कुमार राई हिमालले जानकारी दिएका हुन्।

राईका अनुसार बुधबार बिहानैदेखि पूर्व-पहाडी जिल्लामा मौसम खराब भएकाले प्रचण्ड दिउँसो १ बजे बेलका नगरपालिकाको रामपुर बजारमा सम्बोधन गर्ने भएका छन्।‘काठमाडौंबाट हेलिकोप्टरमा हिडिसक्नु भएको छ,’ समाचार तयार पार्दै गर्दा राईले भने, ‘एक १बजे रामपुर, २ बजेतिर चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार, ३ बजेतिर त्रियुगा नगरपालिकाको गाईघाट बजार र ४ बजे कटारी नगरपालिकाको कटारी बजारमा सम्बोधन गर्ने कार्याक्रम छ।’

चारै नगरपालिकामा बुधबार प्रचण्डले सम्बोधन गर्नै चुनावी कार्यक्रम भएको माओवादी केन्द्र उदयपुरले तामझाका साथ बजार सिँगारेको छ। ‘अध्यक्ष प्रचण्डले समयले भ्याएसम्म चार नगरकै चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ,’ माओवादी केन्द्र उदयपुरका इन्चार्ज तथा पोलिटब्युरो सदस्य मोहनबहादुर दीपकले भने, ‘विहान १० बजेबाटै सम्बोधन गर्ने कार्यक्रम भए पनि मौसमको कारण १ बजे पुगेको  छ, कति नगरपालिकामा भ्याउनुहुन्छ र मौसमले साथ दिन्छ।

प्रचण्ड अहिले तेस्रो पटक उदयपुरका आएका हुन्। माओवादी केन्द्र उदयपुरका सह संयोजक जीवन कुमार कार्की कुशलले पहिलो पटक २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनको बेला आयोजना गरिएको जिल्लाव्यापी आमसभालाई सम्बोधन गर्न गाईघाट आएको बताए।

दोस्रो संविधान सभाको निर्वाचनको वेला हालको चौदण्डीगढी नगरपालिकाको साविक बेल्टार बजारमा दोस्रो संविधानसभाको निर्वाचन वेला आयोजना आमसभा आएका थिए। अहिले २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी सभलाई सम्बोधन गर्न तेस्रो पटक एकैदिनमा चारै नगरपालिकामा हेलिकोप्‍टरबाट यात्रा गरी सम्बोधन गर्न आएको कार्कीले जानकारी दिए।

माओवादी केन्द्र उदयपुरका अनुसार प्रचण्डले चारै नगरपालिकामा हेलिकप्टरबाट यात्रा गरी सम्बोधन गर्ने तयारी मिलाईएको छ। आयोजना गरिएको चुनावी सभामा प्रचण्डले एक÷एक घण्टा पुगेर सम्बोधन मात्र गर्ने छन। शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले जिल्लाको तीन निर्वाचन क्षेत्रमा दुई क्षेत्र जित हाँसिल गरेको थियो।

दोस्रो संविधानसभाको निर्वाचनमा उदयपुरबाट शुन्य रहेको माओवादी अहिले माओवादी केन्द्र बनेर ८ स्थानीय तहमा ४ स्थानीय तह जित्ने दावी गरिरहेको छ। नगरपालिकामा कमजोर महशुस गरेको माओवादी केन्द्र उदयपुरले जित्ने आशमा रहेको वेलका नगरपालिका प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम दुई हप्ता अघि नै तय गरिएको जानकारी दिइएको  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.