|

कालिकोटः महावै गाउँपालिका– २ का वडा सदस्यमा विजयी मातृका सिंहले आफूले पाउने कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।

उनले आफूले पाउने सेवा सुविधा सबै अपांग, असहाय, टुहुरा, वृद्ध र एकल महिलालाई वार्षिक रूपमा प्रदान गर्ने घोषणा गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यसमेत रहेका सिंह गत बैशाख ३१ गते भएको निर्वाचनमा वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए।

सिंहले आफूलाई जनताले सबै कुरा दिएको हुनाले आफूले पाउने बैठक भत्तालगायतका सरकारी सेवा सुविधा नलिने बताए। ‘मलाई जनताले सबै सेवा सुविधा दिएका छन्’, उनले भने, ‘मैले जनतालाई दिने भनेको आफूले पाउने सेवा सुविधा दिने हो।’

कालीकोट जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूमा सिंह नै आफूले पाउने सेवा सुविधा नलिने घोषणा गर्ने पहिलो हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.