|

डडेल्धुरा : असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालयले प्रशिक्षण दिएको छ। निर्वाचन हुने दुई नगरपालिकामा र पाँच गाउँपालिकामा खटिने २३१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मंगलबार र बुधबार प्रशिक्षण दिइएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।

सहभागिहरुलाई मतदान गराउने प्रक्रिया र मतगणनाका बारेमा प्रशिक्षण दिइएको निर्वाचन अधिकृत कृष्ण सिंह नायकले जानकारी दिए। उनले निर्वाचन सामाग्रीहरु यहि असार ९ गते देखि सम्बन्धित मतदान केन्द्रसम्म सुरक्षा निकायको निगरानीमा पुर्‍याइने जानकारी दिए। जिल्लामा ७७ मतदानस्थल र १ सय १० वटा मतदान केन्द्र छन्। त्यस्तै जिल्लामा ७५ हजार ७ सय ८० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.