|
Photo : dailyafghanistan.com

अफगानिस्तानको हेलमण्ड प्रान्तको राजधानीमा गरिएको कारबम बिस्फोटमा २६ जना मारिएका छन्। बिहीबार काबुल बैंकको शाखा बाहिर गरिएको विस्फोटमा ६० जना घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गरेर पजवाकले लेखेको छ।

गभर्नरका प्रवक्ता उमर जवाकले आत्मघाती बम हमलावरले बैंक अगाडि विस्फोट गराएको बताएका छन्। सर्वसाधारण र सैनिक जवान पारिश्रमिक बुझ्नका लागि बैंकमा लाइन लागिरहेका बेला विस्फोट गरिएको जवाकले बताएका छन्। मारिएका र घाइतेमा सर्वसाधारण, प्रहरी र सैनिक रहेको उनले बताए।

विस्फोट भयानक भएको र त्यसको आवाज टाढासम्म सुनिएको प्रत्यक्षदर्शी अहमद गुल तन्हाले बताए।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.