|

दाङः असार १४ गते  हुने  स् थानीय तहको  निर्वाचनबाट दाङमा ५२० जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्। तर उम्मेदवारको मनोनयन भने चार गुणा बढी दर्ता भएको छ। 

दश स्थानीय तह र त्यसभित्रका वडामा गरी दुई हजार ३८२ उम्मे दवार चुनावी मै दानमा होमिएका छन्। तीमध्ये एक हजार ४२८ पुरुष र ९५४ महिला रहे का छन्। 
यस पटकको  चुनावमा दाङमा ५९ दशमल ९४ प्रतिशत पुरुष र ४० दशमलव ६ प्रतिशत महिलाले प्रतिस् पर्धा गनेर्  भएका छन्।

राजनीतिक दलका  तर्फबाट भाग लिने  उम्मे दवार दुई हजार २९६ जना रहे का छन् भने  स् वतन्त्र ८६ जनाले  प्रतिस् पर्धाका लागि उम्मे दवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश चुरामन खड्काले जानकारी दिएका छन्।

सबै भन्दा धे रै  घो राही उपमहानगरपालिकामा ४४४ जनाले  प्रतिस् पर्धा गदैर्  छन् भने  सबै भन्दा कम बबई गाउँपालिकामा १३७ जनाले उम्मे दवारी दिएका छन्।

सबैभन्दा धेरै मतदाता रहेको घो राही उपमहानगरपालिकामा २७३ पुरुष र १७१ महिला, तुलसीपुर उपमहानगरपालिकामा २६३ पुरुष र १७३ महिला गरी ४३६, बबईमा ८२ पुरुष र ५५ महिला गरी १३७, राजपुरमा १०१ पुरुष र ७२ महिला गरी १७३ उम्मे दवार रहे का निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।

उता, लमही नगरपालिकामा १६३ पुरुष र १०२ महिला गरी २६५, राप्ती गाउँपालिकामा १३७ पुरुष र ११४ महिला गरी २५१, बंगलाचुलीमा ८६ पुरुष र ५९ महिला गरी १४५, दंगीशरणमा ९६ पुरुष र ५५ महिला गरी १५१, गढवामा १३९ पुरुष र ९६ महिला गरी २३६ तथा शान्तिनगरमा ८८ पुरुष र ५७ महिला गरी १४५ उम्मे दवार रहे को  निर्वाचन कार्यालय दाङले  जनाएको  छ।

यस निर्वाचनमा स् वतन्त्र उम्मे दवार सबै भन्दा धे रै  गढवामा १६ जना रहे का छन् भने घो राहीमा १३, तुलसीपुरमा १३, लमहीमा ९, दंगीशरणमा १४, राप्तीमा तीन, राजपुर, बबई र शान्तिनगरमा छ÷छ जनाले  स् वतन्त्र उम्मे दवारी दर्ता गराएका छन्।

लमही नगरपालिका, शान्तिनगर र गढवा गाउँपालिकामा कांग्रे सकै  कार्यककर्ताले  अध्यक्षलगायतका पदमा बागी उम्मे दवारी दिएका छन् भने  अन्य स् थानमा पनि अध्यक्षभन्दा तलका पदमा बागी उम्मेदवारी दिएका छन्। 

मो हन वै द्य ने तृत्वको  ने कपा क्रान्तिकारी माओ वादीको चुनावी मोर्चा, राप्रपा राष्ट्रवादीलगायतले  स् वतन्त्र रूपमा उम्मेद वारी दिएकाले पनि स् वतन्त्र उम्मे दवारको संख्या बढे को  हो । 

स् वतन्त्र उम्मे दवारी दिने हरूमा अध्यक्ष÷प्रमुखमा १३, उपाध्यक्ष÷उपप्रमुखमा सात, वडाध्यक्ष ३२, खुला सदस् य २६, महिला सदस् य सात र दलित महिला सदस् य एक जना रहे का छन्।

कांग्रे सले  पूरै  ५२० पदका लागि उम्मे दवारी दिएको  छ। एमाले  र माओवादी केन्द्रले समान ५१८ पदका लागि उम्मे दवारी दिएका  छन्। त्यस् तै  राप्रपाले  २७६, राष्ट्रिय जनमोर्चा ले  १९८, मधे सी जनअधिकार फो रम लो कतान्त्रिकले  ८२, नयाँ शक्ति पार्टी ने पालले  ८०, संघीय समाजवादी फो रम ने पालले  ३५, नेकपा माले ले  २१, राष्ट्रिय जनमुक्ति पार्टीले  २१, संघीय लो कतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले  १३, जनजागरण पार्टी ने पालले  छ र ने पाल परिवार दलले  दुई स्थानमा उम्मेदवारी दिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मे दवारी दर्ता गराएकामध्ये  २३ जनाले उम्मे दवारी फिर्ता लिएका छन् भने  एक जनाको  उमे र नपुगे का कारण उम्मे दवारी रद्द भएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.