|

बैतडी : स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। जिल्लाका १० वटै स्थानीय तहका निर्वाचन कार्यालयमार्फत उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेपछि चुनावी रौनक झनै बढेको हो। जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका छन्। सबै तहमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। 

पूर्व सहायकमन्त्री नगरप्रमुखको दौडमा

अझै रोचक कुरा त के छ भने, पूर्व सहायकमन्त्री केशवबहादुर चन्द कांग्रेसका तर्फबाट पाटन नगरपालिका प्रमुखको उम्मेदवार बनेका छन्। २०५४ सालमा महिला तथा समाजकल्याण सहायकमन्त्री बनेका चन्द अहिले जनताको घरदैलो पुगेर भोट माग्न व्यस्त छन्।

पूर्व सहायकमन्त्री नै उम्मेदवार रहेकाले कांग्रेसले पाटन नगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ। राजनीतिक जीवनको अनुभवलाई स्थानीय स्तरमा कार्यान्वयन गर्नका लागि आफूले उम्मेदवारी दिएको चन्द बताउँछन्। ‘यसअघि पनि यसै क्षेत्रबाट नागरिकको प्रतिनिधित्व गरेको हुँ,’ उनले भने, ‘अहिले स्थानीयस्तरमै सेवा गर्नका लागि उम्मेदवारी दिएको हुँ।’

प्रमुख पदमा लड्दै तीन शिक्षक

जिल्लाको १० स्थानीयतहमध्ये दुईवटा नगरापालिका र एउटा गाउँपालिकामा प्रतिस्पर्धामा रहेकामध्ये ३ जना पूर्व शिक्षक हुन्। उनीहरु शिक्षक पेसाबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन्।

यसरी प्रतिस्पर्धामा उत्रिने पूर्व शिक्षकहरुमा मेमौली नगरपालिकाका कांग्रेस कांग्रेस उम्मेदवार कृष्णसिंह नायक तथा पुर्चौडी नगरपालिकाका एमाले उम्मेदवार कर्णबहादुर कुँवर तथा पञ्चेश्वर गाउँपालिकाका एमाले उम्मेदवार चन्द हुन्। चन्द कुलाउ क्याम्पस प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन्।

यस्तै दशरथचन्द नगरपालिका शिक्षक पदबाट राजीनामा दिएर मिना चन्द उपप्रमुखमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी छन्। प्रमुख पदका उम्मेदवारहरु नायक, कुँवर र चन्द तीनैजना उच्च माध्यमिक विद्यालयको प्राचार्य भइसकेका व्यक्ति हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.