|

बाँके : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालगन्जलाई महानगरपालिका बनाउन पहल गर्ने बताएका छन्। विराटनगर र वीरगन्जसँगै नेपालगन्जलाई महानगरपालिका बनाउने प्रयास भएपनि भौतिक पूर्वाधार नभएका कारण अहिले नै सम्भव नभएको बताए।

माओवादी केन्द्रले बिहीबार नेपालगन्ज उपमहानगरपालिकामा आयोजना गरेको चुनावी सभामा अध्यक्ष दाहालले नेपालगन्ज प्रदेश नम्बर ५ को राजधानी नबन्ने कुनै कारण नरहेको बताए। उनले नेपालगन्ज भौतिक पूर्वाधार र राजश्व संकलनको केन्द्र भएकोले प्रदेशको सम्भावना प्रबल रहेको बताए। 

उनले नेपालगन्जलाई राजधानी बनाउन स्थानीयको पहल आवश्यक रहेको औँल्याए । ‘नेपालगन्जलाई राजधानी बनाउन नपर्ने कारण नै छैन, यहाँका जनताको पहल आवश्यक छ,’ उनले भने।

पूर्व प्रधानमन्त्री दाहालले नेपालगन्जको विकासमा आफुले अभिभाकत्व प्रदान गर्ने बताए। उनले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि अभिभावक विहिन भएको नसम्झन नेपालगन्जवासीलाई आग्रह गरे। ‘तपाईहरुको अभिभावकत्व म ग्रहण गर्छु,’ उनले भने।

नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक केन्द्रविन्दु बनाउने उनको दाबी छ। प्रचण्डले बिहीबार नै बाँकेको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा भएका चुनावी सभालाई समेत सम्बोधन गरे।

प्रचण्डलाई २५ किलोको माला 

पूर्व प्रधानमन्त्री प्रचन्डलाई नेपालगन्जका उद्योगी–व्यापारीहरुले २५ किलोको माला पहिराइदिएका छन्। नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको टोलीले उनलाई २५ किलो फूलको माला लगाइदिएको हो। सो अवसरमा अध्यक्ष वैश्यले चुनावमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न प्रचण्डसँग आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.