|

सोलुखुम्बु : खहरे खोलाले बगाउँदा २ जना विद्यार्थीको मृत्यु भएपछि विद्यालयमा तोडफोड भएको छ। विद्यालय प्रशासनको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित अभिभावकले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन्।

बिहीबार अपराह्न साढे ५ बजे दूधकौसीका गाउपालिका १ नेले स्थित जोगरामा खहरे खोलाले बगाउँदा हिमशिखर बोर्डिाङ स्कुलमा एल केजीमा अध्ययनरत ७ वर्षीया सागर कटुवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेतको घटनास्थलमा नै मृत्यु भएको थियो। खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका १ जोगराका २५ वर्षका गणेश बस्नेत र ७ वर्षीया सञ्जु कटुवाल पनि घाइते भएका प्रहरीले जनाएको छ।

विद्यालय प्रशासनको लापरबाहीले घटना भएको भन्दै घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपुर्ति पाउनुपर्ने उनीहरुको माग छ। विद्यालय परिसरमै शव राखेर अभिभावकले विहीबार साँझदेखि नै विद्यालय घेराउ गरेका थिए। शुक्रबार विहान विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भएको प्रहरी निरीक्षक प्रदुम्न अधिकारीले जानकारी दिए। उत्पन्न समस्या समाधान पश्चात शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु लगिने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.