ठूला दलले देश विकास गर्न नसक्ने भट्टराईको दाबी

|

दमक : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ठूला दलहरुले देशको विकास गर्न नसक्ने दाबी गरेका छन्। नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले शुक्रबार झापाको दमकमा गरेको चुनावीसभामा संयोजक भट्टराईले तीन ठूला दलहरुले देशको विकास गर्न नसक्ने भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका हुन्।

उनले भने, ‘कांग्रेसले २७ वर्ष सत्ता चलाउँदा खोई देशको विकास गर्‍यो, एमालेले २० वर्ष देश चलाउँदा खोई देशको विकास गर्‍यो, माओवादी त अब खाओवादी भईसक्यो, यी ठूला दलले देशको विकास कुनै पनि हालतमा गर्न सक्दैनन्।’

उनले ठूला दलका नेताहरु भ्रष्टचारमा फसिसकेको आरोप लगाए। उनले भने, ‘ठूला दलका नेताहरु खोला बेच्दै भ्रष्टचार गरिरहेका छन्, अब पनि जनताले उनीहरुलाई भोट दिने हो भने देशनै बेच्न बेर लगाउँदैनन्, सबै ठूला दलले भ्रष्टचार गरेका छन्, माओवादी त नर्गलाकी भनेको उसले पनि कांग्रेस एमालेसँग लागेर भ्रष्टचार सुरु गरि सकेको छ, भर्खरै बूढीगण्की जलविद्युत आयोजना विदेशीलाई बनाउँन दिएर माओवादीले पनि खरबौँ भ्रष्टचार गरेको छ, अब यी विषयहरु जनताले बुझ्नपर्छ।’

अहिलेको प्रदेशिक संरचनानले पहिचानवादीको भावनालाई नसमेटेको उनले बताए। उनले भने,‘ अहिलेको प्रदेशिक संरचनाले पहिचानवादीहरुलाई ध्वस्त पार्न खोजेको छ, त्यस कारण पनि समाजवादी फोरम र हामी एक भएर चुनावमा गएका छौं पछि हामी यसलाई संविधान संशोधनमार्फत समेट्छौं।’

अबको देशको वैकल्पिक शक्ति भनेको नयाँ शक्ति नै रहेको दाबी गरे। उनले भने, ‘ठूला दलहरुले देशको विकास गर्न सक्दैनन्, अब देशको बैकल्पिक शक्ति भनेको हामी नै हौं।’

आफूहरुले सुरु गरेको समृद्ध नेपालको नारालाई सबै दलहरुले पछिल्लो समय चुनावी नारा बनाएको उनको भनाइ छ। उनले भने, ‘हामीले सुरु गरेको देशको समृद्धिको नारालाई सबैले चुनावी एजेण्डा बनेका छन्, तर उनीहरुले स्पष्ट भिजन बनाउन सकेनन्, हामी यसलाई सार्थकता दिन्छौँ’।

ओलीले जनता हसाए मात्र

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत देशको समृद्धिको नाराबाट जनता हसाईरहेको बताए। उनले भने,‘ केपी ओली जी हास्य कलाकार भन्दा कम हुनुहुन्न, उहाँले यो संमृद्धिको नारालाई पनि उखान टुक्का बनाई सक्नुभयो’।

कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमकका उपाध्यक्ष रमक चेम्जोङ्गले केपी ओलीको राष्ट्वादी नारा धेर नटिक्ने बताए। उनले भने,‘पहिचान विरोधि केपी ओलीको राष्ट्वादी नारा धेर टिक्दैन, उहाँले मधेशमा वस्ने काला मान्छेलाई देख्ने वितिकै विहारी बन्नुहुन्छ, यस्तो नारा हामीलाई चाहिँदैन।’

कार्यक्रममा नयाँ शक्ति नेपालका सल्लाहकार तथा पूर्व-शिक्षा मन्त्री देवी ओझाले महाकाली बेचेर राष्ट्वादीको नारा लगाउनु उचित नहुने बताए। उनले भने,‘ओलीजी  कतिको राष्ट्वादी हुँनुहुन्छ भन्ने हामी थाहा छ, उहाँको पार्टीमा म प्रमुख सचेतक थिए, राती १२ बजे महाकाली बेचेर सारै धेरै राष्ट्वाद देखाउँनु भएको छ, त्यतिबलेला मेरो मन साह्रौ दुखेको थियो, त्यसैले मैले एमाले छाडेको हुँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.