|

काभ्रे : बिहीबार राति परेको मुसलधारे पानीको कारण काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ का डोल्मो लामाको घर भत्किँदा ३ लाखको क्षति भएको छ। पानीका कारण घरको जगसम्म भिजेर माटो गलेको कारण घर भत्किएको पीडितले बताएका छन्।

उनको घर शुक्रबार बिहान ८ बजेतिर भत्किएको हो। ‘राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नको लागि सहयोग गर्नुपर्‍यो भनेर बोलाउनु भएको थियो’ स्थानीय काल्साङ लामाले भने, ‘हामी पुग्दा घर भत्किसकेको रहेछ।’ लामाका अनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ। घरको एकपट्टिको सबै भाग भत्किएको कारण करिब ३ लाख बराबरको क्षति भएको लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.