|

भक्तपुर : कलेज जाँदै गरेकी एक छात्राको बसले ठक्कर दिँदा मृत्यु भएको छ। भक्तपुरको ठूलो व्यासीस्थित महाकाली स्थानमा कलेज जाँदै गरेकी भक्तपुर नगरपालिका-२, तपालाछी बस्ने वर्ष २२ की रिना खर्वुजालाई व्यासीबाट कमलविनायकतर्फ जाँदै गरेको बा २ ख ६६६६ नम्वरको बसले शुक्रबार ठक्कर दिएको हो।

बसको ठक्करले घाइते भएका खर्वुजालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।प्रहरीले घटनामा संलग्न सवारीसाधन नियन्त्रणमा लिएको छ भने बसका चालक खोताङ बामराङ ३ घर भई हाल लोकन्थली बस्ने देवराज बस्नेत फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.