|

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले एमाले द्वन्द्व चर्काउने पार्टी भएको आरोप लगाका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्‍चारकर्मीसँग कुरा गर्दै निधिले एमाले हिमाल र पहाडबीच झगडा लगाउने, संविधान स्वीकारोक्तिका लागि संशोधनमा अवरोध गर्ने, राष्ट्रिता कमजोर पार्ने खेलमा लागेको बताए।

पहिलो चरणको निर्वाचनमा एमालेले जनतालाई भ्रम छरेर पहिलो बन्न सफल भएको दाबी गर्दै निधिले दोस्रो चरणको निर्वाचनमा भने कांग्रेस पहिलो हुने बताए। ‘पहिलो चरणमा राष्ट्रियताको कुरादेखि विभिन्न भ्रम फिँजाएर एमाले पहिलो भयो,’ निधिले भने, ‘दोस्रो चरणमा हामी बहुमत ल्याउँछौं।’ कांग्रेस सबैलाई मिलाउने पार्टी भएको दाबी

गर्दै उनले यस्तो कुरा जनताले बुझेको बताए। पूर्व-उपप्रधानमन्त्री समेत भएका निधि मोरङमा नेपाली कांग्रेसलाई जिताउन कमाण्डरको रुपमा यहाँ आएका हुन्। कुराकानीकै सन्दर्भमा उनले मोरङका सबै तहमा कांग्रेस विजयी हुने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.