|

चितवन : नारायणगढ - मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा बिहीबार राति खसेको पहिरोका उक्त सडक १२ घण्टादेखि अवरुद्ध छ। पहिरो खसेर दुई जना प्रहरीको मृत्यु र दुई जना वेपत्ता भएका छन्।

पहिरोका कारण सडक अवरुद्ध भएपछि शुक्रबार दिनभरी मुग्लिन नारायणगढ सडक बन्द रह्यो। पहिरो हटाएर सडक खुलाउने र वेपत्ता भएका प्रहरीको शव खोज्ने प्रयास दिनभरी नै जारी रह्यो। पहिरोमा पुरिएर प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र जवान दीपक मास्केको मृत्यु भएको हो। 

प्रहरीका अनुसार प्रहरी जवानद्वय सन्दीप कार्की र लिलबहादुर चेपाङ बेपत्ता छन्। राति करिब १ बजे कालीखोलामा खसेको पहिरोले प्रहरीको भ्यान र ट्रक त्रिशुलीमा खसालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। प्रहरी भ्यान पानीमै डुबेको छ भने ट्रक छेउमा रहेको देखिएको छ।

नेपाली सेना, जनपद प्रहरी र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद उद्दार टोलीसमेत घटनास्थलमा पुगेर पहिरो पन्छाउन तथा सम्पर्कविहीन प्रहरी जवानको खोजी गर्न लागिपरेको छ। सडक अवरुद्ध भएका कारण मुग्लिन नारायणगढ सडकमा रोकिएका गाडीको जाम लामो भइसकेको छ। सडक कहिलेसम्म खुल्ने हो भन्ने पनि यकिन छैन। एक्साभेटरले पहिरो हटाउने काम गरिरहेको छ।

हेर्नुस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.