|
File Photo

धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ४ दुधमिल चोकमा शुक्रवार दिउँसो १ बजे करेन्ट गालेर एक जनाको मृत्यु भएको छ। सोही ठाउँका दुग्ध विकास संस्थानको मुलगेट अगाडि रहेको रुख काट्न लाग्दा हाँगाले विद्युतको मुख्य लाइनमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सिन्धुली अमलबास घर भएका वर्ष ३५ का विकास ब्लोन रहेको प्रहरी चौकी पनौतीका ईञ्चार्ज शिवहरी कार्कीले बताए। ‘दुग्ध विकास संस्थानका कर्मचारीले मुलगेट अगाडिको रुख काट्न लगाउँदा हाँगाले विद्युत लाईन छोएर करेण्ट लागि मुत्यू भएको हो, प्रहरी चौकी ईञ्चार्ज कार्कीले भने, ‘घट्नाको बारेमा आवश्यक अनुसन्धान गरी मृतक परिवारलाई क्षतिपूर्ति दिलाउने काम भइरहेको छ।’

प्रहरीका अनुसार ब्लोनले पनौतीमा ज्यालादारी काम गर्दै आएका थिए। उनलाई दुग्ध विकास संस्थानको कर्मचारीले काममा लगाउँदा उक्त घट्ना भएको प्रहरीले जनाएको छ। ब्लोनको शव पोष्टमार्टमको लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.