|

काठमाडौँ: शुक्रबार दिउँसो साढे चार बजे श्यामापुरबाट आएको अल्फा बाब्रो चार्ली १२३ न‌ंबरको प्लेन काठमाडौँमा ल्याण्ड गर्न पूर्व काठमाडौँ टावरमा पूर्व सूचना दिन्छ। केही समयपछि नै विमानको एउटा इन्जिनमा आगलागी भएको सूचना दिइन्छ। त्यसलाई आकस्मिक अवतरणको लागि सूचना दिएर सम्बन्धित निकायहरूलाई समेत उद्धारको लागि तयारीमा बस्न सूचना दिइन्छ।

आगो बल्दाबल्दै १६८ यात्रुसहित १८० जना बोकेको प्लेन आकस्मिक अवतरण गरेपछि अग्नि नियन्त्रकसहित रेस्क्यु टोलीहरू परिचालन हुन्छन्। अवतरण भएको एक मिनेट नबित्दै आगो निभाउनै नेपाली सेना, नेपाल प्रहरीका अत्याधुनिक बारुण यन्त्रहरू त्यहाँ आइपुगेका हुन्छन्। लागेको आगो केही समयमै निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको टोली सफल हुन्छ।

यात्रुहरूको उद्धारको लागि सिभिल अस्पताल, नर्भिक अस्पताल, वीर अस्पताल लगायतका अस्पतालबाट उद्धार टोली सामग्रीसहित त्यहाँ पुग्छन्। डाक्टरहरूको सहायतामा सुरक्षाकर्मीहरूको उद्धार टोलीले अतिसंवेदनशील, संवेदनशील, सामान्य घाइते र मृत्यु भएकाहरूलाई क्रमश: रातो, पहेँलो, हरियो र कालो पालमुनि राखिन्छ।

सामान्य घाइतेलाई त्यहीँ उपचार गरिन्छ भने संवेदनशील घाइतेलाई प्राथमिक उपचारपछि एम्वुलेन्समा राखेर अस्पाताल पाठाइन्छ। गम्भीर घाइतेहरूलाई भने हेलिप्याडमार्फत ग्राण्डी अस्पतालमा पठाइन्छ। करिव आधा घण्टाको अवधिमा नै एयरपोर्टको यो स्थिति सामान्य हुन्छ। तर, यो आगो वास्तविक आगो लागेको भने होइन, योजनाबद्ध रूपमा लगाइएको हो।

नेपाल नागरिक उड्यन प्राधिकरणले आफ्नो प्रविधि र जनशक्तिको दक्षता हेर्नका लागि अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन आइकाओसँग गरेको प्रतिवद्धताअनुसार गरेको फायर ड्रिल हो। 'आइकाओले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका सबै विमानस्थलहरूमा प्रत्येक दुई वर्षमा यस्तो निरीक्षण गर्नुपर्छ। त्यसका लागि हामीले पनि गरेका हौँ', नागरिक उड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले भने।

प्रदर्शन गरिएको विमान डेमो विमानका रूपमा स्थलमा त्यसअघि नै राखिएको थियो। मृत्यु भएका भनिएका वा अतिसंवेदनशील घाइते भनिएका सबै त्यसमा भाग लिएका पात्रहरू मात्रै थिए। नागरिक उड्ययन प्राधिकरणले यसअघि २०७२ असारमा पनि यस्तो अभ्यास गरेको िथयो। दुई वर्षपछि शुक्रबार पुन: यस्तो अभ्यास गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.