|

रसुवागढी : एउटै यात्रामा एकै व्यक्तिालाई पटक–पटक सुरक्षा जाँच गरिँदा कसलाई झर्को नलाग्ला त्यो पनि ३\ ४ पटक होइन १३\१३ पटक
नेपाल र चीन जोड्ने रसुवागढी–केरुङ नाकाबाट नेपाल घुम्न आउने चिनियाँ वा सामान लिएर पर्किने सवारी चालकले वेत्रावतीसम्म आइपुग्दा पाइलैपिच्छे सुरक्षाजाँचको झण्झट झेल्नुपर्छ।

रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, धुन्चे हुँदै बाटो छिचोलेर नुवाकोटको वेत्रावती पार गर्दा १३ स्थानमा सुरक्षा जाँच हुन्छ। सीमानाका रसुवागढीदेखि वेत्रावतीसम्म सीमा सुरक्षादेखिभन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जलगायतले पटक–पटक जाँच गरिरहेका हुन्छन्।

रसुवागढी मितेरी पुल तरेर चीनतर्फ केरुङ लाग्दा भने एकपटक मात्र व्यवस्थित जाँच हुन्छ। नेपाली चालकलाई त बानी नै परिसकेको छ। ‘तर नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने दिक्क हुन्छन्’, रसुवागढी–केरुङ भन्सारका प्रमुख केदार पनेरु भन्छन्, ‘पर्यटकलाई सहज गर्नुपर्ने हो। हाम्रो रणनीति त कसरी पटक–पटक दुःख दिने भन्नेजस्तो छ।’

उनले एक स्थानमा पूर्णरूपमा सुरक्षा परीक्षण गरेपछि फेरि दुःख दिने व्यवस्था हट्नुपर्ने बताए। केरुङतर्फ सीमा क्षेत्रमा जाँचेपछि बाटोमा पटक–पटक परीक्षण हुँदैन। तर नेपालतर्फ भने व्यवस्थित कार्यालयविनै बाटोभरि नै सुरक्षा जाँच केन्द्र छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.