|

लहान : सिरहाको मिर्चैया–सिरहा सहायक सडकको राघोपुर खण्डमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। 

मिर्चैया नगरपालिका–३ राघोपुरस्थित डुमरी नहर सडकखण्ड नजिक शुक्रबार स १ त ४७३६ नम्बरको ट्यक्टर अनियन्त्रित भई दुर्घटना हुँदा अर्नामा गाउँपालिका–१ महनौरका अन्दाजी १५ वर्षीय रुपन चौधरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पातलमा लगिएको छ। ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.