|

दमक : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी सभा गर्दैछन्। गृहजिल्लामा चार दिन बसी चुनावी सभाहरुलाई सम्बोधन गरेर ओली राजधानी फर्किसकेका छन्।

यसबीचमा कांग्रेस र माओवादीका शीर्ष नेताहरुले झापामा चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्। दिउँसो १२ बजे दमकमा हुने सभालाई नेता कृष्णप्रसाद सिटौला, गगन थापा, विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्दैछन्। दिउँसो २ बजे हुने माओवादी सभालाई अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री रहेका कारण आचारसंहितालाई मध्यनजर गर्दै पहिलो चरणमा चुनावी सभाहरुमा खासै उपस्थित नभएका प्रचण्ड दोस्रो चरणको चुनावमा भने निकै सक्रिय छन्। प्रचण्डले दमकलाई विषेश महत्व दिएर चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्।

चुनाव आउन केही दिनमात्र बाँकी रहँदा दमकमा चहलपहल निकै बढेको छ। एमाले अध्यक्ष ओली राजधानी फर्किएलगत्तै शुक्रबार नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनावी सभालाई सम्बोधन गरे।

सिटौला एकसाता देखि गृहजिल्लमा

झापा ओलीमात्र नभएर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि गृहजिल्ला हो। झापालाई अहिले ओली र सिटौलाले आफ्नो प्रतिष्ठाको लडाइँका रुपमा लिएका छन्। सिटौला करिब एक सातादेखि झापाका विभिन्न चुनावीसभामा सहभागी भइरहेका छन्।

लामो समयपछि सिटौला गृहजिल्ला झापामा यति धेरै दिन बसेको कांग्रेसका जिल्ला नेताहरु बताउँछन्। उनी झापा बसाइका क्रममा विभिन्न बैठक, चुनावीसभा तथा असन्तुष्ठ कार्यकर्ता फकाउन व्यस्त छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.