|

ओखलढुंगा  : खिजीदेम्बा गाउँपालिकामा बाबु छोरा भिन्न राजनीतिक दलको उम्मेदवार बनेका छन्। खिजीदेम्बा गाउँपालिकामा बाबु रेखनाथ न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन्। उनका छोरा कमलप्रसाद एमालेबाट गाँउपालिकाको वडा नं.४ मा अध्यक्षमा उठेका छन्।

भिन्न पार्टीबाट एउटै गाउँपालिकामा उम्मेदवारी दिए पनि बाबुछोराको प्रतिस्पर्धा भने हुनेछैन। गाउँपालिकाकै अध्यक्षको उम्मेदवारी दाबी गरेका कमललाई पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएपछि बाबुछोरा बीचको प्रतिस्पर्धा टरेको हो। जनजातिको बाहुल्य रहेको गाउँपालिकामा एमालेले लाक्पा गेल्बु शेर्पालाई अध्यक्षको उम्मेद्वार बनाएको छ।

यहाँ माओवादी केन्द्र, कांग्रेस र एमालेकै बीचमामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। खिजीदेम्बा गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। स्वतन्त्र उम्मेदवारहरूले भोट काट्ने कारण  तीन प्रमुख दलमध्ये कसले गाउँपालिकाको अध्यक्ष हात पार्लान् भन्ने निश्चित नभएको दलका कार्यकर्ता बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.