|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ नम्बर प्रदेशका जिल्लाहरुमा पनि तत्काल लोडसेडिङ अन्त्य गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन्।

चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रचण्डले त्यहाँ लोडसेडिङको समस्या देखेपछि काठमाडौं फर्किएलगत्तै शनिबार घिसिङलाई भेटेर यस्तो आग्रह गरेका हुन्। प्रचण्ड प्रधानमन्त्री छँदा काठमाडौंसहित देशका अधिकांश भू-भाग लोडसेडिङमुक्त भएको थियो।

चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेश पुगेका प्रचण्डलाई त्यहाँका जनताले लोडसेडिङबारे गुनासो गरेका थिए। जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्किएलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए।

शनिबार बिहान धनगढीबाट काठमाडौं आएका अध्यक्ष प्रचण्डले घिसिङलाई तत्काल लाजिम्पाट बोलाएर त्यस्तो आग्रह गरेका हुन्। 

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.