|

कञ्चनपुर : प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार कञ्चनपुरको चुनावीसभा सकेर कैलाली जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान कार्यान्वयन गर्नु सरकारको पहिलो प्राथमिक्ता भएको भन्दै यसकै लागि स्थानीय तहको निर्वाचन भइरहेको बताएका छन्।

स्थानीय तहको निर्वाचनसँगै प्रान्तीय र संसदीय तीनै तहको निर्वाचन सम्पन्न गर्ने सरकारको कार्यभार रहेको भन्दै यसका लागि आफू प्रतिबद्ध रहेको बताए। प्रेस युनियन कञ्चनपुरले मेहन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा देउवाले सो कुरा बताएका हुन्।

संविधान संशोधनसँगै प्रदेश नं.२ को निर्वाचनमा राजपा समेत सहभागी हुनेमा आफू विश्वस्त रहेको समेत प्रधानमन्त्री देउवाले बताएका छन्। सुदूरपश्चिममा विकासका प्रचुर सम्भावना भएको भन्दै यहाँको हाइड्रोको सही सदुपयोग, महाकालीमा पुलसँगै भारतसँगको नाकाको विस्तार लगायतका योजना अघि बढाइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.