|

मोरङ : मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षका एमाले उम्मेदवार ताराप्रसाद काफ्लेको घरमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

मोरङका प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीकाअनुसार बिहान ८ बजेतिर घर बढार्ने बेला खतरा लेखेको पर्चामासहित शंकास्पद् वस्तु देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।

त्यसरी भेटिएको शंकास्पद् वस्तु सुतलीबम रहेको पाइएको भण्डारीले जानकारी दिए। बम कसले राखेको भन्ने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.