|

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ओडेको सूर्य चिह्न अंकित गम्छाका विषयमा प्रश्न उठाउने पत्रकारलाई उल्टै प्रतिप्रश्न गरेका छन्। आचारसंहिताविपरीत यसरी गाम्छा ओड्न मिल्छ र ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘आचारसंहिताविपरीत घाम लाग्यो भन्ने हो भने के गर्नु ? सूर्य छेक्ने हो र ?’

ओलीले अघि भने, ‘हाम्रा विरोधीले पहिले नै सूर्य नदेखियोस् भनेर असार १४ मा चुनाव सारे, अब मैले ओडेको गाम्छा आफूले छपाएको हो र ? मैले लगाएँ, चुनाव चिह्न पो रहेछ।’ सरकारले २ नम्बर प्रदेशमा चुनाव राजपाका लागि नभई कांग्रेसका लागि सारेको दाबी ओलीले गरे। संविधान संशोधनको नाममा सरकारले मैथिली, भोजपुरी भाषा मास्ने कबुल गरेअनुसार अघि बढेको उनको आरोप छ।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावमा आफूले सहमति जनाउन नसक्ने बताउँदै उनले देशको हितविपरीत कुनै पनि कदम सफल पार्न नदिने बताए। ‘निर्वाचनपछि जनता र देशका लागि उपर्युक्त हुने गरी संविधान संशोधन हुन्छ,’ ओलीले भने, ‘सरकारले एकलौटी गरेर हुँदैन वृहत छलफल हुनुपर्‍यो।’

ओली पूर्वका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्न मोरङ आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.