|

सुर्खेत : क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इञ्जिनियर दुर्गादत्त खरेल सेवाग्राहीबाट घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट खटिएको टोलीले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इञ्जिनियर खरेललाई शुक्रबार राति सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट पक्राउ गरिएको हो।

छिन्चुको होटल स्टार एण्ड लजमा खरेलले सेवाग्राहीबाट ८७ हजार रुपैयाँ घुस लिँदै गरेका थिए। खानेपानी आयोजनाको पेश्की, भुक्तानी सहजीकरण र कार्यसम्पन्न प्रतिवेदन मिलाइदिने भन्दै इञ्जिनियर खरेलले सेवाग्राहीसंग उक्त रकम लिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.