३० देखि ३२ करोड बढीको क्षतिको अनुमान

|

विराटनगर : मोरङको बूढीगंगा-५ मा रहेको ग्रिन प्लाई इन्डस्ट्रिज उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आलगालगीबाट ३२ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

विद्युत् सर्ट भई लागेको आगो निभाउन ११ वटा दमकल, ५ वटा स्काभेटर, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्। उद्योगका सञ्‍चालक तथा प्रबन्धक दिवासिस राठीले आगलागीबाट क्षतिको विवरण एकिन गर्न नसकिए पनि ३० देखि ३२ करोडभन्दा माथिको क्षति हुन सक्ने अनुमान रहेको बताए।

आगलागीबाट उद्योगमा रहेका तयारी वस्तु तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ। त्यसका साथै ६० देखि ६५ वटा मेसिन जलेको र भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। उद्योग क्षेत्रको ३० हजार स्क्वाएर फिट आगलागी भएको बताइएको छ। ७ वर्षअघि स्थापना भएको उक्त प्लाई उद्योग नेपालमै चर्चित छ। यस उद्योगबाट उत्पादित प्लाई नेपालभर बिक्री भइरहेको सञ्‍चालक राठीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.