|

विराटनगर : विराटनगर महानगरपालिकाका उपप्रमुखकी उम्मेदवार नमिता न्यौपानेले निर्वाचन जितेपछि आफूले कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेकी छन्।शनिबार एक कार्यक्रममा उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बरु आफ्नो सेवा सुविधाबाट प्राप्त रकमले सुकुमबासीका लागि नमुना बस्ती निर्माण गर्ने बताएकी हुन्।

‘मैले जितेपछि पाउने सरकारी सुविधालाई म सुकुम्‍बासी बस्ती निर्माणका लागि खर्च गर्नेछु,’ न्यौपानेले भनिन्, ‘यहाँका जनताले खान र बस्न पाएका छैनन्, हामी जनप्रतिनिधिले राज्यको ढुकुटीबाट रकम लिने होइन, जनताकै लागि प्रयोग गर्ने हो।’

संघीय समाजवादी फोरम र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी न्यौपानेलाई नयाँ शक्ति नेपालले पनि सहयोग गर्ने जनाएको छ। तुलनात्मक हिसाबले अन्य उम्मेदवारभन्दा शैक्षिक र राजनीतिक ज्ञानमा न्यौपाने अगाडि छिन्। एमालेले उपप्रमुखमा फोरम लोकतान्त्रिककी सूची चौधरीलाई सहयोग गर्ने भएको छ भने कांग्रेसले इन्दीरा कार्कीलाई उम्मेदवार बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.