सरकारलाई चाबी बुझाउने निर्णय किन गरे व्यवसायीले?

|
फाइल फोटो

काठमाडौं : भारतबाट ल्याउने पेट्रोलियम पदार्थको परिमाण घटेका कारण देखिएको अभाव समाधानमा सरकारले चासो नदेखाएको भन्दै बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले असार २० गतेदेखि पेट्रोलियम पदार्थ खरिदविक्री नगर्ने चेतावनी दिएको छ।

एसोसियसनले शनिबार काठमाडौंमा भेला गरी आन्दोलन घोषणा गरेको हो। बाग्मती डिलर्स एसोसियसनमा आवद्ध रहेका काभ्रे, धादिङ लगायत जिल्लाका पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि समेतको सभागिता रहेको भेलाले माग पूरा नभए आगामी २० गतेदेखि इन्धन किनबेच गर्न नसक्ने भन्दै साँचो सरकारलाई बुझाउने निर्णय गरेको हो। २० गतेसम्म माग पूरा नभए पहिलो चरणमा पेट्रोल आपूर्ति नगर्ने निर्णय गरेको उसले २३ गते देखि सबै पेट्रोलियम पदार्थ रोकेर हड्ताल गर्ने घोषणा गरेको छ।

पेट्रोलियम पदार्थको कारोबार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीले बताएका छन्। बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाले यसअघि नै पेट्रोलियम कारोबार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए। सरकारी निकायहरूको रोहवरमा पटक पटक गरिएको परीक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको थियो।

बास्तविक घाटा कहाँ कसरी भयो भन्ने स्पष्ट भएसकेको अवस्थामा पनि समस्या समाधानमा चासो नदिइएको व्यवसायीले गुनासो गरेका छन्। भारतीय आयल निगमबाट तेल भर्ने क्रममा, बाटोमा हुने चोरी, तापक्रमका कारण तथा प्राविधिक कारणले इन्धनमा धेरै घाटा देखिएको स्पष्ट भइसकेकाले प्राविधिक घाटा नियन्त्रण बाहिर भएकाले निगमबाट नै पूर्ति हुनुपर्ने व्यवसायीको माग रहेको पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय महासचिव विश्वप्रसाद अर्यालले बताए।

बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनको आन्दोलन घोषणा कार्यक्रमा पेट्रोलियम डिलर्स एसोसिएसनले पनि समर्थन जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • पेट्रोलियम मापदण्ड ईन्डियन ओइल ले कम नाप्तौल भएकालेे उप्भोक्ता मार्मा परेको हुन ठुलो माछा ले सानो माछा लाई खाने पर्बृधी सबै को देश मा छ